हेटौँडा । चेपाङ समुदायको मुख्य पर्व न्वागीको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो । पालिकाले न्वागीको अवसरमा भदौ २१ गते र २२ गते सार्वाजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्तक्षरित सूचनामार्फत सार्वजनिक बिदाको बारेमा जानकारी गराइएको हो ।
न्वागीमा दुई दिन सार्वजनिक बिदा