Thursday, January 15, 2026

२०८२ माघ २, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अझै खुलेन काठमाडौंको आकाश, पश्चिमी वायुको आंशिक प्रभाव


अझै खुलेन काठमाडौंको आकाश, पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि आइतबार पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाले अनुरोध गरेको छ।