Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धनगढी उडेका जहाज सुर्खेतमा


धनगढी उडेका जहाज सुर्खेतमा

काठमाडौं । मौसम प्रतिकुलका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् ।

श्री एयरलाइन्स बिहान ९ः३९ मा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको थियो । तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो । अब सुर्खेतमा अवतरण गरेका विमानहरु मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने भएका छन् ।

बुद्ध एयर बिहान ९ः४० मा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले जनाएको छ ।

धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एयरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् ।