Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्ययन गरयोः मधेश व्यवसायीहरु


आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्ययन गरयोः मधेश व्यवसायीहरु

काठमाडौं । मधेश प्रदेशका उद्योगी व्यवसायीहरुले केन्द्र सरकारसँग रणनीतिक व्यापारीक र आर्थिक लाभका ठूला कार्यक्रम अघि बढाउन माग गरेका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘मधेश प्रदेशका औद्योगिकरव्यावसायिक समस्या विषयक नाफिज सम्वाद’ कार्यक्रममा बोल्दै मधेश प्रदेशका उद्योगी व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् ।

मधेशको तत्कालीन र दीर्घकालीन आर्थिक विकासका लागि केन्द्र सरकारले प्राथमिकताहरु तय गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्षका अशोक टेमानीले बताए ।

मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेश र त्यहाँको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्ययन गरेको भन्दै उनले असन्तुष्टि जनाए ।