Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं लगायत देशभर ‘आदिपुरुष’ बन्द, हलवाला कानुनी प्रक्रियामा


काठमाडौं लगायत देशभर ‘आदिपुरुष’ बन्द, हलवाला कानुनी प्रक्रियामा

काठमाडौँ । शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौंमा मात्रै नभई देशभर नै अहिले हिन्दी चलचित्र ‘आदिपुरुष’को प्रदर्शन स्थगित गरिएको छ ।

सोमबारदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्ने तयारी गरेसँगै देशभर फिल्मको प्रदर्शन स्थगन भएको छ ।

बिहानसम्म काठमाडौं र पोखरामा फिल्मको प्रदर्शन रद्द भएको थियो । त्यसपछि धरान, इटहरी, जनकपुर, धनगढी, चितवन हुँदै सबैतिर फिल्मको प्रदर्शन स्थगन हुने क्रम जारी छ । देशभर नै फिल्मको प्रदर्शन अहिले बन्द भएको फिल्मका वितरक मनोज राठीले बताए । उनी ‘आदिपुरुष’का नेपाल वितरक श्री व्यंकटेश इन्टरटेन्टमेन्टमा आबद्ध छन् । फिल्मको विवादले सबै हल सञ्चालकहरु अहिले सत् प्रतिशत मारमा परेको राठीको दाबी छ ।

हलवाला कानुनी प्रक्रियामा

हलहरुको छाता संगठन चलचित्र संघले भने कानुनी बाटो अपनाउने तयारी थालेको छ । ’सेन्सर भइसकेको फिल्मलाई यसरी रोक्ने काम कसको कार्यक्षेत्रमा पर्छ भन्ने कुरा नै बुझिएन । संघीय सरकारले अनुमति दिइसकेको फिल्म अब हामीले प्रदर्शन गर्न पाउँछौं कि पाउँदैनौं ? अब हामी सबैसँग अनुमति लिँदै बस्ने हो कि ? अब छिनोफानो गरिदिनु प¥यो भनेर हामी कानुनी बाटोमा जाने सोच्दैछौं,’ संघका उपाध्यक्ष भाष्कर ढुंगानाले बताए ।