Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम दिन सुरु


भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम दिन सुरु


काठमाडौं, भदौ १८। चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरेएको हो । भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलालाई कौशी खेतीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने उद्देश्यले तालिम आयोजना गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलियाले बताए ।

दुई दिनसम्म सञ्चालन हुने तालिमको सोमबार शुभारम्भ गर्दै प्राडा थपलियाले सिकाइलाई व्यवहारमा उतार्न सके सहभागी महिलाको पारिवारिक स्वास्थ्य तथा पोषण र सहरी हरियालीमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले तालिम दिएपछि कौशीको निरीक्षण पनि गरिने बताए। विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा कल्याणी मिश्र त्रिपाठीले आफूले उपभोग गर्ने तरकारी बजारबाट किनेर खान सक्नु गौरवको विषय नरहेको बताए।

कृषि सङ्कायका डीन प्रा डा अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान कृषि सङ्कायका डीन प्रा डा होमबहादुर बस्नेत, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेल र युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डा केशवप्रसाद प्रेमीले सहरी क्षेत्रमा कौशी खेतीको महत्व, कौशी खेती सम्बन्धमा विश्वस्तरमा विकास भएका अनुकरणीय पद्धति तथा प्रविधिको विषयमा जानकारी दिए । उनीहरूले आगामी दिनमा यस सम्बन्धमा समुदाय र विश्वविद्यालयबीचको साझेदारी कायम रहनुपर्ने बताए ।

निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा उक्त तालिमका संयोजक डा निराजन भट्टराईका अनुसार तालिममा भरतपुर महानगरपालिका अन्तर्गतका नारायणगढ र भरतपुर क्षेत्रमा बसोबास गर्ने ३० जना गृहिणी महिलाको सहभागिता रहेको छ । तालिम अवधिभर कौशी खेती, बाली बिरुवाको एकीकृत रोग कीरा व्यवस्थापन, नर्सरी व्यवस्थापन लगायतका विषयमा लामो समय अनुभव सँगालेका प्रशिक्षक लेखनाथ पोख्रेल र तुलसा ज्ञवालीले सहजीकरण गर्ने भट्टराईले बताए।