Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘ह्यात प्लेस’ अब ‘ह्यात सेन्ट्रिक’


‘ह्यात प्लेस’ अब ‘ह्यात सेन्ट्रिक’

काठमाडौं । सोल्टीमोडस्थित पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन भएर छ । सिटी होटलका कार्यकारी सञ्चालक अक्षय गोल्यानका अनुसार होटलको ब्रान्ड परिवर्तन गरी ‘ह्यात सेन्ट्रिक’ बनाइएको हो ।

पुनर्निर्माणपछि ग्राहकलाई काठमाडौंको सांस्कृतिक झलकसहित आधुनिक सेवा दिन ह्यात सेन्ट्रिक ब्रान्डले काम गर्ने सञ्चालकले बताएका छन् । ह्यात सेन्ट्रिक खोज तथा अनुसन्धानलाई प्रेरित गर्ने गरी डिजाइन गरिएको र आगान्तुकलाई कुनै पनि अनुभवको कमी हुन बताइएको छ ।

यसअघि सिटी होटल लिमिटेडले ह्यात प्लेस ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्दै आएको थियो । १० रोपनी क्षेत्रफल ओगटेको ह्यात सेन्ट्रिकमा १ सय ५३ कोठा सञ्चालनमा छ ।