Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

म्यानमार भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ जना पुग्याे


म्यानमार भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ जना पुग्याे

एजेन्सी । म्यानमार र थाइल्याण्डमा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ जना पुगेको छ । सयौँ घाइते भएका छन् । भत्किएका भवनहरूमा फसेकाहरुको उद्धार कार्य चलिरहेको छ । भूकम्पले म्यानमारमा भवन, पुल, सडक भत्किएका छन् । म्यानमारको सैन्य सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

चिनियाँ विपद् प्रतिकार्य ३७ जनाको टोली पुगेको छ । टोली एक सय १२ सेट आपतकालीन उद्धार सामग्रीसहित पुगेको हो । सैन्य सरकारले देशका ६ ठाउँमा आपत्कालीन अवस्था घोषणा गरेको पनि जानकारी दिएको छ ।

कुनै पनि देश या संस्थालाई सहयोग खुला गरिएको बीबीसीले जनाएको छ । यस्तै थाई प्रधानमन्त्री पेतोङतार्न सिनावात्राले आपतकालीन अवस्था घोषणा गरिएको बताए ।

म्यानमारमा हिजो ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पले म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ । म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।