Saturday, July 26, 2025

२०८२ श्रावण ११, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राम्री–कपुरकोट सडक खण्ड आजदेखि नौ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने


राम्री–कपुरकोट सडक खण्ड आजदेखि नौ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङको राम्री–कपुरकोट सडक खण्ड आजदेखि नौ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । राम्री–कपुरकोट सडक खण्ड स्तरोन्नतिको काम गर्न आउँदो असार १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुनेछ ।

जिल्ला प्रशासन कार्यालय दाङले यसअघि नै सूचना निकालेर आजदेखि आउँदो असार १ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द हुने जानकारी दिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सडक बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न चालक र यात्रुलाई आग्रह आग्रह गरे । साना गाडीका लागि वैकल्पिक मार्गका रूपमा पैयाखोरिया–सातबास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने भएको छ ।