Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य घट्यो


नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य घट्यो

काठमाडौं । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज २७ सयले  घटेको छ। गत बुधबारदेखि शुक्रबारसम्म सुनको मूल्य उच्च अंक पुग्यो थियो । बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँ, बिहीबार  १ लाख १२ हजार ५ सय रुपैयाँ , शुक्रबार १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तीन दिनकै मूल्य हाल सम्मकै उच्च हो। सरकारले भन्सार दर बढाएका कारण सुन–चाँदीको मूल्य बढेको   हो।  सोही कारण मंगलबारदेखि शुक्रबारसम्म सुन प्रतितोला ५ हजार २ सय रूपैयाँ बढ्यो । आज भने सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।