Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विपिन जोशी गाजामा बन्धकः आईडीएफ[भिडियो र विज्ञप्ती सहित]


विपिन जोशी गाजामा बन्धकः आईडीएफ[भिडियो र विज्ञप्ती सहित]

एजेन्सी । अक्टोबर ७ मा इजरायली भूमिमा आक्रमणपछि हमासले बन्धक बनाएकामध्ये कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायली सुरक्षा फौजले पुष्टि गरेको छ। इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै इजरायलको किबुज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको बताएको हो । दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएकोसमेत बताएको छ । उनी अहिलेसम्म सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको पनि दूतावासले जनाएको छ ।

आईडीएफका प्रवक्ता ड्यानियल हगारीले हमासद्वारा बन्धक बनाइएका सबैलाई सकुशल मुक्त गर्ने प्रयास भइरहेको जनाएका छन् । सीसीटीभी फुटेजमा बन्धक बनाइएकालाई गाजाका अस्पतालमा राखिएको पनि पुष्टि भएको आईडीएफले जनाएको छ । इजरायली सेनाले घाइतेहरूलाई हमासले अस्पताल लैजाँदै गरेको फुटेजहरू सार्वजनिकसमेत गरेको छ । हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।