Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नाडामा टाटाको टियागो इभी र पन्च बजारमा सार्वजनिक


नाडामा टाटाको टियागो इभी र पन्च बजारमा सार्वजनिक

काठमाडौं, भदौ २८। मोटर्सको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा दुईवटा मोडल सञ्चालनमा ल्याएको छ । कम्पनीले टियागो इभी र टाटा पन्च सार्वजनिक गरेको हो । टियागो इभीमा कार्य कुशलता, प्रविधि, विश्वास , चार्जिङ र आरामदायी गरी पाँचवटा मुख्य विशेषता रहेको बताएको छ ।

विभिन्न पाँच भेरियन्टमा उपलब्ध टियागोको मूल्य न्यूनतम २१ लाख ९९ हजारदेखि अधिकतम २७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । टाटा पन्च आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरियर र पूर्ण सुरक्षासहित उपलब्ध रहेको कम्पनीले बताएको छ । विभिन्न चार भेरियन्टमा उपलब्ध यस गाडीको मूल्य न्यूनतम ३३ लाख ९९ हजारदेखि अधिकतम ४३ लाख ४९ हजारसम्म रहेको छ । अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज चार सय ५३ किलोमिटर छ ।

पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायतका विशेषताहरू रहेको नेक्सन इभीले उत्कृष्ट सुरक्षा प्रत्याभूति गराउने कम्पनीको दाबी छ । यसमा एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टीलक, ट्रयाक्सन जस्ता सुविधाहरू छन् । यसको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ रहेको छ । सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले टियागो इभी र पन्चले ग्राहकहरूको ड्राइभिङ अनुभवलाई नयाँ ढंगले रूपान्तरण गर्ने बताएका छन् ।