Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सहकारी सञ्चालकको मात्रै होइन्, शेयरसदस्यको पनि हो, अहिले दुबै पक्षबीच सहकार्य आवश्यक छः दर्शनधारी -अध्यक्ष दर्शन साकोस

सन्दर्भः १३ औं बार्षिक साधारण सभा


सहकारी सञ्चालकको मात्रै होइन्, शेयरसदस्यको पनि हो, अहिले दुबै पक्षबीच सहकार्य आवश्यक छः दर्शनधारी -अध्यक्ष दर्शन साकोस

काठमाडौं । आदरणीय शेयर सदस्य महानुभावहरु, दर्शन बचत तथा ऋण सहकारी संस्था लि.,सोनित्य बचत तथा ऋण सहकारी संस्था लि. र आदिवासी जनजाति महिला बचत तथा ऋण सहकारी संस्था लि. ले २०७८ साल वैशाख ९ गते ३ वटा सहकारी एकिकरण भई दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट एकिकृत कारोबार संचालन भएको करिब २ बर्ष पछि पुनः अर्काे सहकारीसँग एकिकरण गर्न सफल भएका छौँं ।

२०७९ साल माघ ४ गते ३ वटा सहकारी हाम्रो भरोसा बहुउद्देश्यीय सहकारी संस्था लि,आरोग्य बचत तथा ऋण सहकारी संस्था लि. र निर्मल बुद्धभुमि बचत तथा ऋण सहकारी संस्था लि. एकिकरण भई निर्मल बुद्धभुमि साकोसको नामबाट एकिकृत कारोबार सुरु गरेको ३ महिना भित्र नै दर्शन साकोस र निर्मल बुद्धभुमि साकोस दुवै सहकारी एकिकरण सम्झौता भए अनुसार मिति २०८० साल बैसाख २५ गते बागमति प्रदेश सहकारी महाशाखाबाट एकिकरणको पुर्व स्विकृति प्राप्त भएको र मिति २०८० जेष्ठ १ गतेबाट निर्मल बुद्धभुमि बचत तथा ऋण सहकारी संस्था लि.र दर्शन बचत तथा ऋण सहकारी संस्था लि. ले एकिकृत कारोबार सुरु गरेको जानकारी यहाँहरुलाई यस गरिमामय सभामा गराउन पाउँदा ज्यादै खुसि भएको छु ।

सम्पूर्ण प्रक्रिया पुरा भई विधिवत रुपमा बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय सहकारी महाशाखाको प.सं २०८०-२०८१ च.न. १२२, मिति २०८०-०५-२५को पत्र अनुसार एकिकरण कार्य पुर्ण रुपमा सम्ंपन्न भई सकेको जानकारी समेत सम्पूर्ण शेयर महानुभावहरुमा गराउन चाहन्छु । गत बर्षसम्म संस्थाको कार्यक्षेत्र कीर्तिपुर नगरपालिका, काठमाण्डौ महानगरपालिका र चन्द्रागिरी नगरपालिका भर मात्र भएकोमा एकिकरण पश्चात कार्य क्षेत्र समेत बिस्तार भै काठमाण्डौं , भक्तपुर र ललितपुर तीन जिल्ला कायम भएको छ र यो हाम्रो सहकारीको लागि एउटा ठुलो उपलब्धि पनि हो ।

एकिकरण पश्चात यस संस्थाको मुख्य कार्यालय बाहेक ६ वटा सेवा केन्द्र हुनेछ । एकिकरण पछि दुवै सहकारीको मुख्य कार्यालय कीतिपुर नगरपालिका वडा नं ९ नै भएको र निर्मल बुद्धभुमिको कार्यालाय भाडाको घरमा भएकोले मिति २०८०।०६।०२ वाट सो कार्यालयका सम्पूर्ण कर्मचारीहरु र फर्निचरलाई दर्शन साकोस कै मुख्य कार्यालयमा समायोजन गरी निर्मल बुद्धभुमिको हाल रहेको मुख्य कार्यालयलाई हटाईएको पनि सबै शेयर सदस्य महानुभावहरुलाई जानकारी गराउन चाहन्छु ।

आदरणिय शेयर सदस्य महानुभावहरु, देशको परिस्थिती एवम् समयकालमा आउने परिवर्तनले वित्तीय बजारमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावका सम्बन्धमा हामी यस संस्थाका सम्पूर्ण शेयर सदस्यलाई पनि जानकारी नै छ । विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दी नेपालको अर्थतन्त्रमा पनि देखापरी सरकारी पूँजिगत खर्च र राजश्व संकलनमा कमी,रुस युक्रेन युद्ध जस्ता शक्ति राष्ट्रहरुको द्वन्द, कोभिड—१९ को असर, घर जग्गा कारोवार र व्यापार ब्यवसायमा आएको मन्दी आदि लगायतका कारण मुद्रा स्फ्रिति उच्च रहन गएको छ । अन्तराष्ट्रिय मुद्राकोषले समेत विश्व अर्थतन्त्र र विकसित एवम् उदयमान अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा न्यून रहने र सन् २०२४ मा सामान्य सुधार आउने प्रक्षेपण गरेको छ ।

यी र यस्ता कुराहरुले सम्पूर्ण बित्तिय क्षेत्र मात्र नभई सहकारी क्षेत्रमा समेत अहिले सम्मको ईतिहासमा नै सबै भन्दा बढी नकारात्मक असर गरेको छ । गत बर्षबाट देशमा चलेको चरम आर्थिक मन्दिले अन्य अर्थ व्यवस्थामा जस्तै सहकारी क्षेत्रमा पनि नराम्रो असर पर्दा एकपछि अर्को गरी ठुला एवं प्रतिष्ठित भनिएका सहकारी समस्याग्रस्त हुन थालेको कुरा सम्पूर्ण सदस्यहरुलाई अवगत नै होला ।

सामाजिक संजाल जस्तै फेसबुक र टिकटकमा सहकारी सम्बन्धि बढी भ्रम र अफवाहले भरिएको हल्ला र समाचारहरुले सहकारीका शेयर सदस्यहरु माझ एक किसिमको डर पैदा भै अस्वभाविक रुपमा निक्षेप फिर्ता माग्न जाँदा यस बर्ष प्राय सबै खाले सहकारीहरु निक्षेप फिर्ता गर्ने दवावमा परेको कुरा पनि यस सभामा यहाँहरुलाई अवगत गराउन चाहन्छु । ऋणी शेयर सदस्यले यस बर्षको मन्दिले गर्दा ब्याजसम्म पनि भुक्तानी गर्न मुस्किल परेको जसले गर्दा देशै भरिका सहकारी संस्थाहरुमा भुक्तानी सन्तुलन बिग्रन गएको र प्राय जसो सहकारीहरुको तरलता अस्वभाबिक रुपमा घट्न गई १ देखि १० प्रतिशतको हाराहारीमा पुगेको छ ।

यस बर्ष यो बित्तिय रोगले दर्शन साकोसलाई पनि छोएर नै छाड्यो । हाम्रो सहकारीमा पनि अहिले तरलताको अवस्था ज्यादै न्यून रहेको जानकारी दुखका साथ गराउन चाहन्छु । दर्शन साकोसले आर्थिक मन्दिको सुरु देखि नै तरलता ब्यबस्थापन तिर लागेका थियौं । तर पनि तरलता ब्यबस्थापनमा धेरै नै अप्ठ्यारो अवस्थाहरु सामना गर्नु पर्यो । गत आ व. को फाल्गुण देखि त झन निक्षेप फिर्ता र ब्याज भुक्तानीमा समेत सिलिङ लगाउनु पर्ने बाध्यता भयो । सदस्यहरुको निक्षेप जम्मा शुन्य प्रतिशतमा झर्नु , निक्षेप झिक्ने क्रम बढ्नु , ऋणीहरुले ब्याज समेत भुक्तानी गर्न नसक्नु आदि कारणहरुले यस बर्ष संस्था धेरै तरलता अभावको चापमा परेको र संचालक र ब्यबस्थापनले हर सम्भव प्रयास गरेपनि बचत कर्ता शेयर सदस्यहरुको निक्षेप भने जस्तो फिर्ता गर्न असमर्थ भएकोमा क्षमा माग्न चाहन्छौं । छ शेयर सदस्य महानुभावहरु, यस्तो बिषम परिस्थितिमा पनि तपाईहरुले हालसम्म दिनु भएको साथ एवं सहयोग र सहानुभुतिको लागि आभार प्रकट गर्दछु ।

अस्थिर राजनैतिक वातावरण , न्यून तरलता तथा ऋण लगानीको क्षेत्रहरु खुम्चिएको अवस्था कायम नै रहेको यस बिषम तथा असहज परिस्थितिमा पनि आईपरेको समस्या एवं चुनौतीहरुलाई सामना गर्दै सदस्यहरुलाई गुणस्तरिय सेवा सुविधा दिन संस्था प्रतिबद्ध रहि निरन्तर अगाडी बढीरहेको जानकारी गराउन चाहन्छु । संस्थामा कारोबार गरि संस्थालाई सुदृढ एवं सबल बनाउन तपाईंहरुले पु¥याउनु भएको योगदान, साथ सहयोग, माया, ममता र सल्लाह सुझावको लागि हामी सदैव आभारी रहने छौं ।

आदरणीय शेयर सदस्य महानुभावहरु, मैले गत बर्षको साधारण सभामा नै भनेको थिए कि परिस्थिति प्रतिकुल छ । मनमा डर सबैसँग छ । अव के हुने हो र कसो हुने हो भन्ने कौतुहलता सबै माझ उब्जिएको अवस्था छ । नेपालको बित्तिय इतिहासमा नै कल्पना भन्दा बाहिरको असहज परिस्थिति सृजना भएको हालको समयमा सहकारी क्षेत्रमा नौलो किसिमको अप्ठ्यारो स्थिति सिर्जना भएको छ । सम्बन्धित निकाय र छाता संगठनहरुले बेलैमा यस तर्फ ध्यान नदिने हो भने धेरै सहकारीलाई तरलता अभावले सताउने मात्र नभई डुबाउने पनि छ ।

यो अवस्थामा सहकारीहरुले आफ्नो अस्तित्वको लागि ठुलै संघर्ष गर्नुपर्ने छ र गरिरहेका पनि छन्। तपाई शेयर सदस्यहरुको अतुत साथ सहयोग अनि हौसलाले गर्दा हामीले अहिले जस्तो तरलता अभावको बेलामा पनि ब्यस्थापन कसरी गर्ने भनेर सिकेका छौं । साथै सम्पूर्ण शेयर सदस्यहरुमा बिनम्र निबेदन अनि साथ सहयोगको अपेक्षा पनि गर्दछु । एकै पटक निक्षेप झिक्न गयो भने कुनै पनि बैंक मात्र होईन राष्ट्रबैंकले समेत दिन नसक्ने यथार्थता हामी सबैले बुझेका छौं । यस बर्ष आफ्ना सदस्यहरुले बचत नगरी निक्षेप झिक्न मात्र आउने गरेको हुनाले प्राय अरु सहकारीहरुले जस्तै हाम्रो यस दर्शन बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्ना शेयर सदस्यहरुको निक्षेप फिर्ता गर्न नसकेकोमा यसै गरिमामय सभामा संचालक समिति तथा ब्यबस्थापन समितिको तर्फबाट पुन: क्षमा माग्न चाहन्छु ।

आदरणिय शेयर सदस्य ज्यूहरु , नगद ब्यबस्थापन गर्न गाह्रो भएता पनि यसै बर्षबाट बागमति प्रदेश सहकारी महाशाखाबाट आएको सल्लाह अनुसार हामीले ऋणी सदस्य तथा संचालक सदस्यहरुको सम्पत्तिहरु ब्यबस्थापन गरी बचतकर्ता शेयर सदस्यहरुको निक्षेपलाई समायोजन गरिरहेका छौं । यस संस्थालाई बचाई राख्न सम्पुर्ण सदस्यहरुले यस कार्यमा साथ दिन हुन समेत यस गरिमामय सभाबाट नै सहयोगको आहवान गर्न चाहन्छु । नगद ब्यबस्थापन समिति, सम्पत्ति ब्यवस्थापन समिति र ऋण असुली समिति गरी ३ वटा समिति गठन गरी ऋण, सम्पत्ति र नगद ब्यबस्थापन गरिरहेको र भबिष्यमा पनि यसै समितिहरुले हामीलाई यस कार्यमा सहयोग गर्नु हुनेछ ।

यसरी ब्यबस्थापन गरि जम्मा हुन आएका नगदलाई समानुपातिक रुपमा आवश्यकता हेरी यसै बर्षको माघ महिनाको अन्तिमबाट बितरण गरिने समेत यसै सभा मार्फत सम्पूर्ण शेयर सदस्यहरुलाई जानकारी गराउन चाहन्छु । यसरी ब्यवस्थापन गरिने नगद पर्याप्त नहुने भएकोले सबैले धैर्य धारण गरि सहयोग गर्न समेत आह्वान गर्दछु । सम्पत्ति ब्यवस्थापनको लागि ऋणी सदस्यहरुले आफ्नो संस्थामा धितो रहेको र अन्य जग्गा जमिन समेत दिन तयार रहेको र सम्पुर्ण संचालक समिति सदस्यहरुले समेत आफ्नो भएका सम्पत्ति जुन सुकै बेला दिन तयार रहेको र आफ्नो सम्पत्ति बिबरण सम्बन्धित निकायमा समेत बुझाई सकेको जानकारी यहाँहरु समक्ष राख्न चाहन्छौं ।

आर्थिक वर्ष २०७९।०८० मा संस्थाले गरेका आर्थिक क्रियाकलापहरुको संक्षिप्त विवरण

१. शेयर पूँजी तर्फ: आर्थिक वर्ष ०७८।७९ को अन्त्यमा संस्थाको शेयर चुक्ता पूँजी रु. १८,०८,१५,२००।– भएकोमा आर्थिक वर्ष ०७९।८० मा सेवा केन्द्रहरुको र निर्मलबुद्धभुमि साकोससँगको एकिकृत कारोबार पछि समायोजन गर्दा २४.१८ प्रतिशतले रु.४,३७,२९,९००।– बढ्न गई आ. व. ०७९।८० को अन्त्यमा जम्मा रु. २२,४५,४५,१००।– रहन गएको छ । एकिकरणको कारणले मात्र शेयर पुँजी बढ्न गएको देखिएको हो ।

२. निक्षेप तर्फ: आ. व. ०७८।७९ को अन्त्यमा संस्थामा मौजुदा निक्षेप रु. ८४,५४,६३,५९१।८७ भएकोमा आर्थिक वर्ष ०७९।८० मा सेवा केन्द्रहरु र निर्मल बुद्धभुमि साकोस समेत समायोजन गर्दा २.६८ प्रतिशतले रू.२,२६,२३,०४८।३६ बढ्न गई आ.व. ०७९।८० को असार मसान्तसम्ममा रु.८६,८०,८६,६४०।२३ निक्षेप संकलन रहेको छ । असार मसान्तसम्मको हर हिसाबले निक्षेप थोरै बढ्न गएको देखिन्छ । तर सम्पूर्ण दर्शन साकोस र निर्मल बुद्धभुमि साकोसको अलग अलग हर हिसाब गर्दा निक्षेप संकलन भन्दा निक्षेप भुक्तानी बढी भएको देखिन्छ । यसले गर्दा पनि हामीले यस बर्ष संस्थालाई भुक्तानीको चाप बढी परेको बुझ्न सकिन्छ । तसर्थ यस बर्ष तरलतामा भारी मात्रामा गिरावत भएको नकार्न सकिन्न ।

३. कर्जा लगानी: आ. व. ०७८।७९ को अन्त्यमा कर्जा लगानी रु. १,१२,२३,१५,४६२।०० भएकोमा आ. व. ०७९।८० को असार मसान्तमा कर्जा लगानी सेवा केन्द्रहरु र निर्मल बुद्धभुमि साकोसको समेत समायोजन गर्दा २९.३२ प्रतिशतले रु. ३२,९०,२९,७५१।६० बृद्धि हुन गई आ.व. ०७९।८० को अन्त्यमा रु. १,४५,१३,४५,२१३।६० हुन गएको छ । शेयर सदस्य महानुभावहरु, कर्जा लगानीमा बृद्धि भएको देखिएता पनि कुनै पनि नयाँ कर्जा संस्थाले लगानी नगरिएको र आ. व. ०७९।०८० माघ महिनाबाट नै सम्पूर्ण कर्जा लगानी निष्किृय गरेका थियौं ।
नियमित रुपमा कर्जा असुली तर्फ कर्मचारीहरुलाई बिभिन्न मितिमा निरन्तर ताकेता गर्न र असुलीमा लाग्न संचालक समितिको बैठकबाट नै निर्देशन गरिएको छ । नियमित रुपमा ताकेता गर्दा पनि कर्जा असुली तर्फ राम्रो परिणाम ल्याउन देशको आर्थिक मन्दिको कारण कठिनाई भएको छ ।

४. वार्षिक आम्दानी खर्च र नाफा नोक्सानको स्थितिः संस्थाले आ. व. ०७९÷८० मा जम्मा रू. ४,०६,०५,६५४।९७ कुल आम्दानी गरेको छ । साथै संस्थाले उक्त आम्दानीबाट कर्जा नोक्सानी लागि रु.३,१८,४४,६९३।७८ व्यवस्था गरेको छ भने ह्रास कट्टी रू. ८१,८७,९१३।८१ गरी आयकर अघिको नाफा रु ५,७३,०४७।३८ भएकोमा संस्थाले खुद मुनाफा रु ४,४१,६८१।७१ मात्र गरेको छ । देशको आर्थिक मन्दिको कारण केही ऋणीले साँवा ब्याज भुक्तानी गर्न नसक्दा १०० प्रतिशत सम्म प्रोभिजनिङ्ग गर्नु पर्दा यस बर्षको मुनाफामा भारी गिरावट आएको छ ।
तसर्थ न्यून मुनाफा भएकोले सोलाई यस बर्ष जगेडा कोषमा राखिने र कुनै मुनाफा नबाँडिने जानकारी यहाँहरुलाई यसै सभामा गराउन चाहन्छु ।

नीति तथा कार्यक्रम
१. एकीकृत विनियम र आन्तरिक कार्यविधि तथा विनियमावलीको संशोधन दुई ओटा संस्थाहरुको एकिकरण कार्यविधिमा दर्शन बचत तथा ऋण सहकारी संस्थाको विनियम स्वीकार गरिएकोमा संघिय तथा प्रादेशिक सहकारी नियमन सम्बन्धि केन्द्रिय तथा प्रादेशिक सहकारीले जारी गरेका निर्देशिका अनुकुल आगामीं वार्षिक साधारण सभाबाट विनियम संशोधन प्रस्ताव पारित गरी लागु गरिनेछ ।

२. सुचना प्रविधि र सहकारी प्रणाली सुधार सम्बन्धी निति:हाल सम्म यस संस्थालेएभरेष्ट सि.बि.एस्. सफ्टवेयर प्रयोग गरिँदै आएकोमा यस बर्षको सहकारी एकिकरण पश्चात निर्मल बुद्धभुमि साकोस्ले प्रयोग गर्दै आएको हारती सफ्टवेयर दर्शन साकोस्मा समेत प्रयोग भएकोले सोही सफ्टवेयरलाई निरन्तरता दिईनेछ । सम्पूर्ण कर्मचारीहरुलाई यस सम्बन्धि बिभिन्न चरणमा तालिमहरु समेत संचालन गरिनेछ ।

३. व्याज दर परिवर्तन तथा कर्जा लगानी विविधिकरण तथा असुली सम्बन्धमा संस्थाको नियमित कारोबारलाई समय सापेक्ष बनाउदै लैजानको लागि बजारको प्रभाव अनुसार निक्षेप तथा कर्जाको व्याजदरमा समय सापेक्ष परिवर्तन गरिने छ । सम्पूर्ण किसिमको ब्याज दरलाई एकल अंकमा ल्याउने प्रयास गरिनेछ ।
कर्जा र बचतमा लिईने र प्रदान गरिने बढ्दो प्रतिस्पर्धात्मक व्याजदरलाई समय सापेक्ष परिवर्तन गर्नको लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्न यस सभा समक्ष प्रस्ताव गर्दछौं । लगानी भन्दा पनि यस बर्ष कर्जा असुलीमा बिषेश पहल गरिनेछ ।

४. सम्पत्ति ब्यबस्थापन
सम्पत्ति ब्यबस्थापन समिति मार्फत संस्थाको नाममा रहेको दुई वटा मध्ये एकवटा घरलाई सम्भव भएसम्म बिक्रिको लागि पहल गरिने छ । सम्भव नभएमा हाललाई भाडामा लगाई आम्दानी भएको रकमलाई नगद ब्यबस्थापन समितिको जिम्मा दिईने छ । साथै संचालकहरु र ऋणीहरुले बेच्न चाहेको आफ्नो निजि सम्पत्ति समेत सम्पत्ति ब्यबस्थापन समिति मार्फत बिक्री गरी आएको नगदलाई नगद ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने वा सो सम्पत्ति बचत कर्ता सदस्यले खरिद गर्न चाहेमा बचत कर्ता सदस्यको नाममा पास गरि हिसाब मिलान गर्ने ब्यबस्था मिलाईने छ ।
५. ऋण ब्यबस्थापन
आर्थिक मन्दिको कारण संस्थाबाट ऋण लिनु भएका अधिकांस सदस्यहरुले यस बर्ष ब्याज समेत तिर्न नसकेको अवस्थामा यसको ब्यबस्थापनको लागि ऋण असुलि समिति मार्फत कार्यहरु अगाडी बढी सकेको र आगामी दिनमा यसलाई तिब्रता दिईने छ । धितो लिलामी देखि सहमतिमा बचतकर्ता सदस्यलाई ऋणीको धितोमा रहेकोजग्गा नै पास गर्ने काम चालु आर्थिक बर्षमा सुरु भैसकेकोले यसलाई निरन्तरता दिईने छ ।
६. नगद ब्यबस्थापन
संस्थामा ब्याजबाट आम्दानी भई जम्मा हुन आएका र ऋण असुलिबाट आम्दानी भई जम्मा हुन आएका नगद र सम्पत्ति ब्यवस्थापन गर्दा बिक्री भई आएका नगद समेत नगद ब्यबस्थापन समितिको सिफारिसमा समानुपातिक रुपमा सम्पुर्ण सदस्यहरुलाई निक्षेप फिर्ता गर्ने ब्यवस्था मिलाईने छ । चालु आ व को माघ महिनाको अन्तिम हप्ताबाट जम्मा हुन आएको नगद लाई बितरणको लागि पहिलो प्राथमिकता जेष्ठ नागरिक, बिरामी सदस्यलाई दिईने छ । संस्थामा थोरै रु १००० देखि रु ५०००० जम्मा भएका सदस्यलाई पनि पहिलो प्राथमिकतामा राखि ब्यवस्थापन भएको नगद माघको अन्तिमबाट टोकन सिस्टम मार्फत बितरणको ब्यबस्था मिलाईने छ ।
७. श्वेत पत्र र कार्ययोजना जारी गर्ने
चालु आ.व २०८०।०८१ भरी नै तरलता अभाव रहने देखिएको छ । कीर्तिपुर नगरपालिका तथा प्रदेश सहकारी विभागका आदरणीय उच्च अधिकारी ज्यूहरुबाट प्राप्त सल्लाह र निर्देशन अनुसार र पटक पटक शेयरसदस्य संचालक समिति तथा सल्लाहकार ज्यूहरुसंँगको बैठकको निर्णयानुसार मिति २०८० मंसिर ०८ मा दर्शन साकोसले श्वेतपत्र तथा बचत फिर्ता कार्ययोजना तयार गरी बागमति प्रदेश सहकारी महाशाखामा मिति २०८०।०८।०८ दर्ता नं. ६८५ मा दर्ता गरि बुझाई मिति २०८०।०८।१४ बाट सम्पूर्ण शेयर सदस्यहरुको जानकारीको लागि संस्थाको वेबसाईट www.darshansave.com बाट सार्वजनिक गरी संस्थाको सबै सेवा केन्द्रबाट बितरण गरीसकेका छौं । कुनै शेयर सदस्यले प्राप्त गर्नु भएको छैन भने आजको यस सभामा रजिष्ट्रेसन डेस्कबाट समेत उपलब्ध गराएका छौं । यसबारेमा आजको साधारण सभामा छलफल समेत गर्नेछौं ।

फेसबुकमा सहकारीप्रति भ्रम फैलाइयो, सहकारी सञ्चालकलाई बदनाम गरियो । हाम्रा कारण सहकारीमा समस्या आएको होइन । राज्यको मनौता, शेयरसस्यहरुको आक्रमणका कारण सहकारी सञ्चालक त्रासमा छन् । यस्तो अवस्थामा दर्शन साकोसले शेयरसदस्यहरुको बचत सुरक्षीत गर्न दिनरात खटिएको छ । अहिलेको उपयुक्त विकल्प ऋणीहरुको जमिन लिएर निक्षेप सुरक्षीत गर्नु हो ।” अन्त्यमा रहेक समस्याको समाधान छलफल र सहकार्यबाट हुने भएकाले सहकारीको मर्म अनुरुप छलफलमा बस्नुको विकल्प छैन् ।

शेयरसदस्यलाई लाग्न सक्छ सञ्चालकलाई प्रहरी हिरासतमा पुर्याउदा समस्याको समाधान हुन सक्छ, उसो भए अहिलेसम्म विभिन्न संस्थाका सञ्चालक प्रहरीमा छन् के समस्या समाधान भएको  छ ? सहकारी भनेको सहकार्य हो ।