Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०-१० लाखका दरले राहत उपलब्ध गराउने


बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०-१० लाखका दरले राहत उपलब्ध गराउने

काठमाडौं । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०र१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ। शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०-१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो।

aसो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ। त्यसैगरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताइन ।

सो घटनामा निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ। सरकारले सो घटनालाई संयमतापूर्वक लिएर शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सबैलाई अपिल गरेको छ।