Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

आर्थिक, सामाजिक र सांस्कृति रुपान्तरण भए अर्थतन्त्र बलियो हुन्छः बस्नेत वडा अध्यक्ष[भिडिओ सहित]


आर्थिक, सामाजिक र सांस्कृति रुपान्तरण भए अर्थतन्त्र बलियो हुन्छः  बस्नेत वडा अध्यक्ष[भिडिओ सहित]

निरशोभा वलामी
काठमाडौं, ११ असार । कीर्तिपुर एक ऐतिहासिक सांस्कृति महत्व बोकेको एक नगरपालिका हो । यहाँ धेरै धार्मीक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरु छन् । करिब दुई दशक पछि स्थानीय तह आएसंगै अहिले यस्ता वडा तथा नगरहरुले विकासको मुहार फेरेका छन् । संघीय राजधानी काठमाडौंदेखि नजिकै रहेको यस नगरले दुई कार्यकाल जनप्रतिनिधि पाउँदा विकास निर्माणको लहर नै ल्याएको छ । त्यसपनि महत्वपुर्ण मानिएको कीर्तिपुर नगरपालिकाको वडा नं.६ धार्मिक पर्यटकिय र पर्यावरणीयले महत्वपुर्ण मानिन्छ । यहाँ पर्यटनको प्रवल सम्भावनाका बिचमा स्थानीय तहले थप विकास निर्माणका कामहरु गरेका छन् । त्यस मध्ये एक हो कीर्तिपुर नगरपालिका वडा ६ । हामीले त्यसका वडा अध्यक्ष खिरमान सिंह बस्नेत पृथ्वीसंगै उनको एक वर्षे कार्यकालका विषयमा छलफल गरेका छौं । हामीले कार्यक्रम हाम्रो कीर्तिपुर समृद्ध कीर्तिपुरमा कार्यक्रम प्रस्तोता पत्रकार नजरराम महर्जनले गरेको कुराकानीको सम्पादित अंशः प्रस्तुत गरेका छौैं ।                                                                                                                                                                                 

 

खिरमान सिंह बस्नेत
कीर्तिपुर नगरपालिकाको वडा नं. ६ मा छोटो अवधीमा धेरै कामहरु भएको छ । ०७९ बैशाख ३० को निर्वाचनमा निर्वाचित भएका कीर्तिपुर नगरपालकाको वडा नं. ६ का वडाध्यक्ष खीरमान सिंह बस्नेत (पृथ्वी) ले यस क्षेत्रलाई भौगोलिक, औद्योगिक, साँस्कृतिक र पर्यटकीय हिसाबले विकास गर्न द्रुतगतीमा काम भईरहेको बताएका छन् । उनका अनुसार भुगोलको हिसाबमा कीर्तिपूर नगरपालिका वडा नं. ६ ठूलो वडा रहेकोले र यो सँगसँगै दक्षिणकाली नगरपालिकाको हाईवे पनि जोडिएको हुनाले विगत् लामो समयदेखी सडक दुरावस्थामा रहेका कारण स्थानीय जनताहरुको जीवन कष्टकर बनेको अवस्था थियो ।

उनले भने, ‘त्यस्तो समस्या रहेको हुनाले हामीले विभिन्न योजनामध्ये यसलाई नै पहिलो प्राथमिकतामा लिएका थियौं । जनप्रतिनिधि नहुँदाको अवस्थामा पनि यस विषयमा पटक पटक चासोचिन्ता लिएर सवाल उठ्ने ग¥थ्यो । यो समस्या निराकरणको निम्ति त्यतिबेला हामीले यसलाई एउटा अभियानकै रुपमा लिएर अगाडी बढेका थियौं र पछिल्लो समय निकायमा आईसकेपछि अझ महत्वपूणृका साथ यही जिम्मेवारीलाई पूरा गर्ने क्रममा दक्षिणकाली सडक जुन दुरावस्थामा थियो, त्यसलाई निराकरण गर्न सफल भयौं, सँगसँगै वडा नं. ६ मा रहेको ठूला तथा मुख्य सडक सुधार गर्न टौडह र राराहिल स्तरउन्नती गर्ने, पिच गर्ने, तथा ढलान गर्ने कार्यलाई पूर्णता दिन पनि सफल भयौं ।’ अन्य सहायक मार्गहरु पनि हामीले चरणबद्ध रुपमा निर्माण गर्दै लैजाने क्रममा रहेको उनी बताउँछन् ।

भौतिक पूर्वाधारकै पक्षमा टौडहस्थित ऐतिहासिक आँखे पोखरीलाई पनि संरक्षित गर्दै लगिरहेको बताउँदै उनले उपत्यकाका सभ्यतासँग जोडिएको धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण जलविनायक मन्दिरमा स्वागत गेट राखेर पर्यटकहरुलाई अझ आकर्षित बनाउने जमर्को गरेको बताए । त्यस्तै, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महिला स्वयम् सेवीकाहरुमार्फत् घरदैलो कार्यक्रम तथा ‘घरभेट कार्यक्रम’ पनि सञ्चालन गरीरहेको उनले बताए । उनले थप जानकारी दिँदै भने, ‘अब छिट्टै यहाँ ल्याब सञ्चालन पनि हुँदैछ । कार्यपालिका बैठकबाट हामीले ल्याब सञ्चालन गर्ने निर्णय गरेका छौं । शिक्षा क्षेत्रलाई पनि अझै व्यवस्थित र गुणस्तरीय बनाउन स्थानीय समाजसेवी, शिक्षक र सम्बन्धित विज्ञहरुसँग छलफलगरी परामर्श लिएका छौं ।

उनले भनेः अबको पाँच वर्षभित्रमा सामुदायिक विद्यालयलाई एउटा नमुना विद्यालय बनाउनुपर्छ भन्ने अठोट लिएको छु । खेलकुदका विषयमा पनि हामीले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित अबका भाईबहिनीहरुलाई खेलकुदमा प्रोत्साहन गर्न, त्यस्तै, महिला लक्षित उद्यमीहरुका लागि विभिन्न तालिम सञ्चालनदेखी लिएर विभिन्न सीपमूलक तथा जीवनउपयोगी कार्यविधी सञ्चालन गरी रोजगार सिर्जनामा टेवा पु¥याउने प्रयास गर्दै आईरहेका छौं । प्रशासनिक कार्यक्रमलाई अझछिटोछरितो गर्न हेल्प डेस्कको पनि व्यवस्था गरेका छौं ।

आन्तरीक पर्यटक प्रबद्र्धन गर्ने सम्बन्धमा विजनेश दर्शन संवादमा उनी बताउँछन्, ‘यहाँ विभिन्न मठ, मन्दिर र सम्पदा चारैतिर छरिएर रहेको छ । अझै पनि यो ठाउँको प्रचार–प्रसार गर्न हामी चुकिरहेका छौं जस्तो हामीलाई लागिरहेको छ । पछिल्लो समय हामीले आदिनाथ मन्दिर परिसरलाई पनि पर्यटन प्रबद्र्धनमा ल्याएर त्यसको प्राचिन महत्व उजागर गर्न सकिन्छ कि भन्ने विषयमा छलफल गरेका छौं । भर्खरै मेरो एक वर्ष कार्यकाल पूरा भएको छ । यस छोटो अवधीमा संस्कृति जोगाउने कार्यहरुमा पनि धेरै कामहरु भएको छ । भौतिक पूर्वाधारका पक्षहरु, शिक्षा, स्वास्थ्य, खेलकुद धर्मसंस्कृति लगायत थुप्रै क्षेत्रमा जिम्मेवारी पूर्ण तरिकाले अहिले पनि कार्यविधि अगाडी बढिरहेका छौं । यो क्षेत्रमा मञ्जुश्री, चोभार पार्क आदिनाथ मन्दिर लगायत विभिन्न पर्यटकीय क्षेत्र छन् , त्यसलाई आगामी दिनहरुमा अझ प्रवद्र्धन गर्दै पर्यटन भित्र्¥याउने प्रयासमा लागि परेका छौं ।

अन्तर्राष्ट्रिय स्तरको योजनामा बन्न लागेको सुख्खा बन्दर्गाहको बारेमा भन्नुपर्दा यो औद्योगिक क्षेत्र विकासकालागि निकै महत्वपूर्ण विषय हो । यसर्थ, पनि यसलाई सुव्यवस्थित तरिकाले निर्माण तथा सञ्चालन गर्न र यसका नकरात्मक विषय तथा असरका विषयहरुलाई केलाई शान्ति, सुरक्षा व्यवस्था गरी संघ, प्रदेश, स्थानीय निकाय सबैसँग समन्वय गरेर गुणस्तरीय प्रविधिको प्रयोगमा यसलाई सञ्चालनमा ल्याउन सकिन्छ ।

किनकि, यसले महत्वपूर्ण सम्भावना बोकेको छ । यसले रोजगारी विषयलाई समेट्नुका साथै विकासका कुरालाई पनि अगाडि बढाएको छ । योजना कार्य सञ्चालनमा सुरुदेखी नै अनुगमन गर्न सक्यौं भने त्यसमा रहेका कतिपय त्रुटिहरु समयमै देखिन्छ र त्यसलाई नियन्त्रण पनि गर्न सकिन्छ ।