Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कर्णाली कोरिडोरले सुदूरपश्चिम र कर्णालीमा समृद्धिः उपप्रधानमन्त्री खड्का


कर्णाली कोरिडोरले सुदूरपश्चिम र कर्णालीमा समृद्धिः उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली कोरिडोरमा दुई लाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीमा विकास समृद्धि आउने बताए । शुक्रबार टीकापुर महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सुदूरपश्चिम र कर्णाली प्रदेशको संस्कृति, भूगोल जस्तै विकास आयोजना पनि साझा भएकाले कर्णाली कोरिडोर बने दुबै प्रदेशलाई फाइदा पुग्ने बताए ।

‘‘प्रशासनिक विभाजनले फरक भए पनि भाषा संस्कृति विकासका दृष्टिकोणले समान दुबै प्रदेश समान छन् राजधानी बाट टाढा छन्,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘साधनस्रोतको पहिचान गरी आर्थिक क्रियाकलाप बढाई समृद्ध प्रदेश बनाउनु पर्छ ।’’ उहाँले कैलाश मानसरोवर जाने छोटोे मार्ग भएकाले भारतीय पर्यटक आकर्षित गर्न सकिने छ ।

टीकापुर उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा उपप्रधानमन्त्री खड्का समक्ष सुदूरपश्चिम र कर्णाली प्रदेश जोडने उत्तरतिरका सडकमार्ग खोलिनुपर्ने, सत्ती भन्सारमा क्वारेन्टाइन हुनुपर्ने, टीकापुरमा एयरपोर्ट कालोपत्रे गरी सञ्चालन गर्नुपर्ने, कर्णाली नदी किनारमा बलियो तटबन्ध, कर्णाली नदीमा बन्न लागेको पुलको काम छिटो हुनुपर्ने, टीकापुरलाई केरा पकेट क्षेत्र घोषणा गरी सरकारी लगानी बढाउनुपर्ने र टीकापुर पार्कलाई राष्ट्रिय लगानी गरी संग्रहालय बनाइनु पर्ने माग राखेका छन् ।