Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

उलिङ्ग मोटर्सको ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै


उलिङ्ग मोटर्सको ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै

काठमाडौँ । शशिला मोटर्स् प्रालिले ईभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडबिच नेपालका लागि आधिकारिक वितरकको रूपमा सम्झौता भएको । चिनियाँ कम्पनी उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ ।

यस सम्झौता पश्चात शशिला मोटर्स् प्रालि उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरूको लागि एकमात्र आधिकारिक वितरकको रूपमा रहनेछ । सम्झौतामा शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक खतिवडाले जानकारी दिए ।

कम्पनीका अनुसार नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किमीसम्मको वारेन्टी रहेको छ । यसको ४१।८७ किवा आवर ब्याट्री रहेको छ । त्यस्तै कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याकले सिङ्गल चार्जमा ३०० किमी रेञ्ज दिनेछ ।