काठमाडौं । ‘नाडा अटो शो’मा टाटा मोर्टसका ५ सय भन्दा धेरै टियागो ईभी कार बुकिङ गर्न सफल भएको नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ ।
२६ भदौदेखि ३१ भदौसम्म भृकुटीमण्डपमा सञ्चालति १५ औं संस्करणको नाडा अटो शोमा टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पञ्च प्रदर्शन गरिएको थियो । कम्पनीले टियागो ईभीको सुरुवाती मूल्य २१.९९ लाख रूपैयाँ तोकेको छ ।
टाटा नेक्सन टियागो ईभी एक्स जेड प्लस र टाटा पञ्चको बुकिङ पनि उल्लेखनीय रहेको कम्पनीले बताएको छ । सिप्रदीका प्यासेन्जर भेहीकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले टाटा मोटर्सका गाडीहरुप्रति ग्राहकहरूले राखेको चासोबाट आफूहरू उत्साहित भएको बताए ।