Thursday, August 21, 2025

२०८२ भाद्र ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्सेमा झन्डै दोहोरो अंकको गिरावट


नेप्सेमा झन्डै दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झन्डै दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ९.७० अंक (०.३४ प्रतिशत) ले घटेपछि समग्र नेप्से २ हजार ७ सय ६७.२० विन्दुमा ओर्लेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये ५९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घट्यो भने २ वटाको स्थिर रह्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी बढी भएपछि समग्र नेप्सेमा झन्डै दोहोरो अंकले घटेको हो ।

सो दिन ५३ हजार ८ सय ५३ पटकको कारोबारमा १ करोड ५२ लाख ६६ हजार ६ सय १७ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन र सामूहिक लगानी कोष बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा झन्डै दोहोरो अंकले गिरावट भएको हो ।