काठमाडौं । कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थाका सिइओ सुर्वण महर्जनले कार्यालय फिर्ने वातावरण बनाइदिन सञ्चालक समिति र संघर्ष समितिसँग आग्रह गरेका छन् । एक महिनादेखि बचतफिर्ताको माग गर्दै सहकारीविरुद्ध बनेको संघर्ष समितिका पदाधिकारीहरुका कारण कार्यालयका अधिकांस कर्मचारीले राजीनामा दिएको र आफुमाथि पनि पटक—पटक धम्की आउने गरेको भन्दै काम गर्ने वातावरण बनाईदिन आग्रह गरे । बुधबार विजनेस दर्शनका संवाददातासँगको कुराकानीमा संघर्ष समितिले बचतफिर्ताको माग गर्ने निहुँमा आफुमाथि पटक—पटक धरपकट गर्ने, विभिन्न धम्की दिने लगायतका मानसिक तनाव दिने गरेको उनले भनाई छ ।
पछिल्लो समय बचत फिर्ताको माग गर्दै दर्शन साकोसविरुद्ध शेयर सदस्य कञ्चन महर्जनको संयोजकत्वमा बनेको संघर्ष समितिले विभिन्न चरणबद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनको नाममा समितिले आफुमाथि पटक—पटक मानसिक तनाव दिने गरेको उनको दावी छ । उनले सञ्चालक समितिको निर्णय विपरित कार्ययोजना माग गर्ने, बैंकिङ तथा वित्तीय गोपनीयता सार्वजनिक गर्न लगाउने लगायतका विभिन्न प्रस्ताव राख्ने गरेको र सो विषय नमान्दा भौतिक कारबाही समेतको धम्की आउने गरेको बताए । सिइओ महर्जनले पछिल्लो घटनाका कारण आफु कार्यालयमा हाजिर हुन नसक्ने अबस्था रहेको बताए ।
गत ६ गते शुक्रबार बिहान सहकारी विभागमा बचतफिर्ताको कार्ययोजना पेस गर्नुपर्ने थियो, अघिल्लो दिन रातभरि कागजात मिलाउन अबेर काम गरेकाले स्वास्थ्यमा केहि समस्या देखिएपछि म सो दिन कार्यालय जान सकिन । यो विषय संघर्ष समिति र सञ्चालक समिति दुबैलाई जानकारी गराएको थिए सिइओ महर्जनले भने । सञ्चालक समितिका पदाधिकारीहरु बागमती प्रदेशको रजिस्टार कार्यालयमा जानुभएको खबर मैले पाए । म घरमै थिए । संघर्ष समितिको आन्दोलनका कारण कार्यालयमा अहिले अधिकांस कर्मचारीले राजीनामा दिइसकेका छन् ।
संघर्ष समितिका पदाधिकारीले मलाई फोन गर्नुभयो, हामी घरमै आउछौं तिमि विरामी हो कि होइन भनेर हेर्न भन्नुभयो । मैले घर आउन आग्रह गरे, तर उहाँहरुको नियत मलाई थाहाँ भएन मलाई जबरजस्ती घरबाट उठाउनुभयो । जुन निकै अमानविय थियो । मेरो बुवा मृगौला पीडित हुनुहुन्छ, मेरो सानो बच्चा छ, सामाजिक प्रतिष्ठा भूलेर उहाँहरुले मलाई घरैबाट उठाएर सुरुमा अन्तै कता लिनुभयो ।
पछि यहाँ केरिबेर केरकार गर्नुभयो । अनि पुनःदर्शन साकोसकै कार्यालयमा ल्याउनुभयो । त्यहाँ हामी करिब बिहान ९ः३० देखि राती १०—११ बजे सम्म बस्यौं होला । मलाई अपहरणको सैलीमा घरबाट उठाएपछि मेरो श्रीमतीले काठमाडौंको सोरखुट्टे प्रहरीमा उजुरीपनि दिन गयो । हामीले कीर्तिपुर प्रहरीमा घटनाको जानकारी गरायौं । संघर्ष समितिले मलाई संचालक समितिका पदाधिकारीहरुलाई बोलाउन, उहाँको बारेमा जानकारी दिन भन्दै निकै समय राख्नुभयो । म एउटा सहकारीको सिइओ अर्थात कर्मचारी, एउटा कर्मचारीले सञ्चालक समितिलाई के गर्न सक्छु ? उहाँहरुले त्यो बुझिदिनु भएन ।
मैले सञ्चालक समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्ने मात्रै हो । म संघर्ष समितिको पक्षमा छु, सञ्चालक समितिलाई दवाव दिइरहेको छु । यस्तो अबस्थामा म माथि नै पटक—पटक आक्रमणको शैलीमा दुव्र्यबहार भइरहेका छन् । जुन कति जाय हो ? मैले सञ्चालक समितिलाई खबर गरे, फोन सम्पर्क गरे उहाँहरु हेटौडा गएको भन्ने खबर थियो । सम्पर्कमा आउनु भएन पछि मेरो स्वास्थ्य कमजोर हुदैँ गर्दा ससुरा बुवाले आफ्नो जिम्मामा लिएर कार्यालयबाट निकाल्नु भयो । यो भन्दा ठुलो मानसिक तनाव के हुन्छ ? यहि हालतमा पुनः कार्यालयमा जान सक्ने अबस्था छैन् ।