Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौंका कुनकुन स्थानमा हुदैछ छठ पुजाको तयारी ?


काठमाडौंका कुनकुन स्थानमा हुदैछ छठ पुजाको तयारी ?

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन शनिबार छठी माइको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंको विभिन्न १३ स्थानका जलासयमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए ।

गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए । उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिएको र बाँकी काम शनिवारसम्म सकिने बताए ।