Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

असार सकिदा देशभर ३ लाख २९ हजार ४३६ हेक्टर क्षेत्रफलमा रोपाइँ, किसान चिन्तीत [विवरण सहित]


असार सकिदा देशभर ३ लाख २९ हजार ४३६ हेक्टर क्षेत्रफलमा रोपाइँ, किसान चिन्तीत [विवरण सहित]

काठमाडौं,२० असार । मौसमा आएको बदलाप र लामो खडेरीका कारण समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ । कृषि विभागका अनुसार यस वर्ष आधा असार सकिंदा धान रोपाइँ गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ । यो वर्ष सरकारले १४ लाख ९५ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । तर, १७ असारसम्म देशभर कुल ३ लाख २९ हजार ४३६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

जुन २२.०२ प्रतिशत मात्रै हो । गतवर्ष यस अवधिमा ४० प्रतिशत भन्दा धेरै क्षेत्रफलमा रोपाइ भइसकेको थियो । देशभरको धान रोपाइँको विवरण संकलन गर्ने कृषि विभाग अन्तर्गतको बालीविकास तथा जैविक विविधता संरक्षण केन्द्रकाअनुसार गत वर्ष २२ असार र अहिलेको १७ असारसम्मको विवरण हेर्दा २७ प्रतिशत कम क्षेत्रफलमा कम मात्रामा रोपाइँ भएको पाइएको    छ । गत वर्ष २२ गतेसम्म ४९.३३ प्रतिशत ६ लाख २ हजार ३४२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । यस अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा झण्डै आधा क्षेत्रफलमा रोपाइँ सकिएको छ भने धान धेरै फल्ने मधेशमा निकै कम मात्रामा रोपाइँ भएको छ ।

विभागको विवरण अनुसार पूर्वी नेपालको कोशी प्रदेशमा ५७ हजार ८१४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यो वर्ष यो प्रदेशमा ३ लाख ४० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारको अनुमान छ । गत वर्ष २२ असारसम्म यो क्षेत्रमा एक लाख ८ हजार क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्ष २२ असारसम्म प्रदेशमा ३१.९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएकामा यस वर्ष १६.९६ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

धान उत्पादनको सबै भन्दा उर्वर भूमी मधेश प्रदेशमा ९.५२ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । कृषि विभागकाअनुसार प्रदेशमा ३८ हजार २७५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । प्रदेशमा ४ लाख एक हजार ६५० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । जबकि गत वर्ष २२ असारसम्म ५६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको थियो । गत वर्ष असार तेस्रो सातासम्म प्रदेशमा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो । १७ असारसम्म बागमती प्रदेशमा ३३ हजार ६८२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

जुन २७.३० प्रतिशत हो । यो वर्ष प्रदेशमा एक लाख २३ हजार ३६४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । २२ असार २०७९ मा प्रदेशमा ४२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो । विवरणअनुसार प्रदेशमा १७.५५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन १७ हजार १७४ हेक्टर हो । मन्त्रालयले यस वर्ष प्रदेशमा ९७ हजार ८५१ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष २२ असारसम्म प्रदेशमा ६२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो । प्रदेशमा यस अवधिमा ७५ हजार ९८३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ योग्य क्षेत्रफलको २४.४२ प्रतिशत मात्रै हो । गत वर्ष यस अवधिमा प्रदेशमा एक लाख ७१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

जुन ५३ प्रतिशत हो । विभागकाअनुसार असार तेस्रो सातासम्म आइपुग्दा यि दुई प्रदेशमा रोपाइँ मध्य भएको छ । कर्णाली प्रदेशमा कुल क्षेत्रलको ४५.०२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा ४८.९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । कर्णालीमा यो वर्ष ४५ हजार ३८७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । यस अवधिमा २० हजार ४३४ हेक्टरमा रोपाइँ सकिसकेको छ । गत वर्ष यस अवधिमा प्रदेशमा २१ हजार ८९४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो । यस्तै सुदूरपश्चिम प्रदेशमा यो वर्ष एक लाख ७५ हजार ७६३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । ८६ हजार ७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने बाँकी भू–भागमा पनि रोपाइँ जारी छ ।

[विवरण सहित]