Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आश्रममा आश्रित प्रतिव्यक्तीलाई १० हजार रुपैयाँ दिने प्रधानमन्त्री दाहालको घोषणा


आश्रममा आश्रित प्रतिव्यक्तीलाई १० हजार रुपैयाँ दिने प्रधानमन्त्री दाहालको घोषणा

काठमाडौं । सडकमानव उद्धार गरी पालनपोषण गर्ने तथा पारिवारिक रूपमा पुनर्मिलन गराउने उद्देश्यले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । हेटौँडा ९ लामसुरेधापमा करिब १४ करोड रुपियाँको लागतमा निर्माण भएको आश्रमको भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड ७ वटै प्रदेशका लागि सडकमानव उद्धार गर्न सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले आश्रममा आश्रित नागरिकलाई प्रतिव्यक्ति प्रतिमहिना १० हजार रुपियाँका दरले राज्यले नगद उपलब्ध गराउनको लागि व्यवस्थापनको जिम्मेवारी लिने बताए । मानवता प्रवर्द्धनको पुण्य अभियानका लागि काम गर्ने संस्थाको कार्यक्रम भएकोले पनि आफू उपस्थित भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले कठोर सङ्घर्षपछि नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण नेपालको संविधानले आमनेपाली जनतालाई सार्वभौम बनाएको बताउँदै शिक्षा, स्वास्थ्य रोजगारलाई मौलिक हकको रूपमा राखिएको बताए । संविधानप्रदत्त अधिकार कार्यान्वयन हुने क्रममा नै रहेको अवस्थामा संविधानले दिएको काम मानवसेवा आश्रमले गरिहरेको भन्दै सरकारले मानवसेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे ।

मानवसेवा आश्रमको हेटौँडामा रहेको वन निर्मित भवन १३ करोड ८१ लाख ६६ हजार रुपियाँ लागतमामा निर्माण भएको हो आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । आश्रमले हालसम्म ९ हजार उनान्असी जनाको उद्धार गरेकोमा हाल हेटौँडामा १८ जना बालक ३ जना बालिका सहित २ सय चार जना मुख्यालयमा आश्रित रहेको आश्रमले जनाएको छ । आश्रमको ७ प्रदेशका २४ स्थानमा शाखा स्थापना गरिएको अध्यक्ष अधिकारीले बताए ।