Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउमा नयाँ रेकर्ड, तोलाकै १ लाख १९ हजार ३ सय रुपैयाँ


सुनको भाउमा नयाँ रेकर्ड, तोलाकै १ लाख १९ हजार ३ सय रुपैयाँ

काठमाडौँ — नेपाली बजारमा सुनको भाउले लगातार नयाँ रेकर्ड राखेको छ । बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउमा प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । मंगलबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो ।

त्यसपछि कात्तिकमा लगातारजसो सुनको मूल्यमा गिरावट आएको थियो । कात्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको हो ।

मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्य भने बढिरहेको छ ।