काठमाडौं । सुनको मूल्य आजपनि बढेको छ । चाँदीको भने स्थिर रहेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर चौथो दिन बढेको हो । यस दिन चाँदीको मूल्य भने स्थिर अवस्थामा छ । आजको बजारमा चाँदी बुधबार कायम मूल्यमा नै खरिदबिक्री भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सुनको मूल्य एक हजारले बढ्यो