Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

बचत जस्तै असुलीलाई पनि प्राथमिकता दिनुपर्छ, सहकारीका समस्यामा राज्य गम्भीर छैन्ःअध्यक्ष ढकाल(भिडिओ सहित)


बचत जस्तै असुलीलाई पनि प्राथमिकता दिनुपर्छ, सहकारीका समस्यामा राज्य गम्भीर छैन्ःअध्यक्ष ढकाल(भिडिओ सहित)

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका समस्यामा राज्य गम्भीर नभएको बताएका छन् । अहिले देशका अधिकांस सहकारीमा समस्या देखिएपनि राज्यनै मौन हुन दुःखत विषय भएको बताए । विजनेस दर्शनसँगको कुराकानीमा उनले शेयरसदस्य नै यसलाई बचाउन लाग्नु पर्ने अवस्था आएको  बताए । उनले भने,राज्य नै सहकारी अभियान नष्ट गर्ने मनसायमा लागेको छ, राज्यका कुनैपनि निकाय यसमा गम्भीर देखिदैनन् । नेताहरुका भाषणमा सहकारीलाई अर्थतन्त्रको खम्बाका रुपमा प्रस्तुत गरेपनि तिनै निकायले सहकारीमा समस्या ल्याएको बताए । उनले भने, ‘हाम्रोलागि यो ठुलो परिक्षा भएको छ, शेयरसदस्यहरुनै यसमा गम्भीर भएर लाग्नु पर्छ’ ।

उनले सिभिल, शिवशिखर जस्ता ठुला सहकारीहरुले निक्षेप हिनामिना गर्दा राज्यले यसको नियन्त्रण गर्नु पर्ने हो तर, ठुला निकायनै यसमा संलग्न हुदा शेयरसदस्यहरुको रकम गुम्ने खतरा बढेको छ । स्थानीय स्तरमा सञ्चालनमा रहेका सहकारीमा पनि केहि समस्या देखिएपनि त्यसको समाधानका हामी आफै शेयरसदस्य लाग्नु पर्ने बताए । देशको अवस्था जस्तो भएपनि, आर्थिक तरलता जहाँ भएपनि हामीले सहकारीलाई मर्न दिनु हुदैन सहकारी नै हाम्रो एक मात्रै अर्थतन्त्रको आधार हो । उनले बैंक तथा अन्य वित्तीय संस्थाका कारण सहकारीमाथि आक्रमण बढ्दा थप समस्या आएको भन्दै त्यसलाई निक्षेपकर्ता, शेयरसदस्यले बुझ्न आवश्यक रहेको बताए ।

उनले सहकारीहरुले बचतकालागि जस्तो नीति लिएका छन् कर्जा असुलीमापनि त्यसैगरि काम गर्नुपर्ने बताए । अहिले सहकारी अभियानका नाममा खोलिएका संघसंस्थाहरुनै निक्षेप हिनामिनामा संलग्न देखिनु राज्यकालागि ठुलो चुनौति बनेको बताए । उनले भने, सहकारी सञ्चालकलाई प्रहरीमा थुनाउनु वा सिआइवीको जिम्मा लगाउन अहिलेको समस्याको समाधान होइन । निक्षेपलाई थप समस्यामा पार्नु रहेको बताए । राष्ट्रिय सहकारी महासंघ र तपाईहरुको संस्थाबीच तालमेल हुदैन किन भन्ने प्रश्नमा उनले राष्ट्रिय सहकारी महासंघ र आफुहरु भिन्न नीतिले चल्ने भएकाले केहि अन्यौलता रहेको स्वीकार गरे । उनले राष्ट्रिय सहकारी महासंघ सहकारीहरुको नीतिकालागि काम गर्ने संस्था भएपनि त्यहाँभित्रका केहि पदाधिकारीको नियतका कारण समस्या आएको बताए ।

शेयरसदस्यहरु निक्षेप ढुब्ने चिन्तामा छन्, यस्तो अवस्थामा कस्को भूमिका के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, कुनै बैंक वा राज्यले एकै पटक रकम दिन नसक्ने अवस्थामा सहकारीले कसरी निक्षेप फिर्ता गर्न सक्छ ? यस्तो अवस्थामा सहकारीहरुले शेयरसदस्यहरुको रकम खाने भन्ने होइन । कसैले कसैको रकम खादैन् अहिले देशमा आर्थिक समस्या छ, यसलाई बुझेर अघि बढ्नु पर्छ, मैले अघि पनि भने, बचतकालागि जसरी सहकारीले काम गर्छन् त्यसैगरि कर्जा असुलीलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्छ । कर्जाबाट आएको ब्याज र समयमा भुत्तानी भए निक्षेप फिर्ताकालागि कुनै समस्या आउने थिएन । अहिले त्यो विषय समस्या बनेको छ । हामीले बुझ्न आवश्यक छ । सहकारी राम्रो हुदा त्यसको मुनाफा लिने र संस्था कमजोर हुदा थप समस्या दिने काम गर्नु हुदैन । हामी सबै शेयरसदस्यको साथमा छौं ।