Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हाई स्पीड इलेक्ट्रिक स्कुटरको रेन्ज २ सय १२


हाई स्पीड इलेक्ट्रिक स्कुटरको रेन्ज २ सय १२

काठमाडौं । लामो समयको प्रतिक्षा पश्चात भारतीय कम्पनीले सिम्पल इलेक्ट्रिक स्कुटरको उर्जा हाई स्पीड सार्वजनिक गरेको छ । कम्पनीले सिम्पल वान ब्राण्डको हाई स्पीड इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको  सिम्पल वान’ इलेक्ट्रिक स्कुटर भारतमा नै सबैभन्दा ठूलो साइजको ५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ ।

यसलाई पावरफुल बनाउन ८.५ किलोवाट क्षमताको रेटेड पावर भएको मोटर दिइएको छ । यसले ७२ एनएम टर्क जेनेरेट गर्छ । सिम्पल वान स्कुटरले केबल २.७७ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघण्टाको रफ्तार भेट्टाउन सक्ने भएको छ । यसको सबैभन्दा धेरै स्पीड क्षमता १०५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

बैगंलोर वेस स्टार्टअप कम्पनीले सिम्पल वान इलेक्ट्रिक स्कुटरको सुरुवाति मूल्य १ लाख ४५ हजार भारतीय रुपैयाँ कायम गरेर बिक्री सुरु गरेको हो । यसको रेन्ज पनि कम्पनीको दावी अनुसार सिंगल चार्जमा २१२ किलोमिटर रहेको छ । यसमा दुई ब्याट्री प्याकमा दिएको छ । उक्त ब्याट्री प्याकलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न लगभग ६ घन्टा समय लाग्छ । फास्ट चार्ज पनि सपोर्ट गर्ने भएको कारण छिटो चार्ज पनि गर्न सकिने हुन्छ ।

सिम्पल वान इलेक्ट्रिक स्कुटरमा ट्यूवलर स्टील फ्रेमको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा टेलिस्कोपीक तथा रियरमा मोनोशक सस्पेन्सन उपलब्ध छ । सिम्पल वान स्कुटरमा ७ इन्चको टीएफटी डिस्प्ले, ब्लूटूथ केनेक्टिभिटी, नेभिगेशन, म्यूजिक सिस्टम जस्ता फिचर पाउन सकिने छ । यसमा ईको, ड्यास र सोनिक गरी ३ राइडिङका मोड पाइने भएको छ ।