काठमाडौं, भदौ २७। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिने सम्बन्धमा बैंक र हस्पिटल बीच सम्झौता भएको हो ।
सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हस्पिटलका निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेको बताएको छ । सम्झौता अनुसार हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका ओपिडी, सर्जरी, औषधि तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट दिने भएको छ।