Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थतन्त्रका सूचकहरूमा झिनो सुधारका संकेत देखिए पनि बजार मागमा अझै सुधार भएन नेपाल उद्योग परिसंघ


अर्थतन्त्रका सूचकहरूमा झिनो सुधारका संकेत देखिए पनि बजार मागमा अझै सुधार भएन नेपाल उद्योग परिसंघ

काठमाडौं । अर्थतन्त्रका सूचकहरूमा झिनो सुधारका संकेत देखिए पनि बजार मागमा अझै सुधार आउन नसकेको नेपाल उद्योप परिसंघ सीएनआईले जनाएको छ । अर्थतन्त्रको वास्तविकता अवस्था आकलन गर्न सीएनआईले उद्योग व्यवसायस्तरमा गएको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

सरकारको यस्तो तथ्यांक र जिकिरलाई जनस्तर, निजी क्षेत्र एवं सञ्चारमाध्यमले गरिरहेको अनुभव तथा तथ्य–विश्लेषणहरूसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आकलन गर्न परिसंघले उद्योग व्यवसायस्तरमा एक सर्वेक्षण गरेको छ ।

‘सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएकोc देखिँदैन । समग्र बजार माग खस्किएको देखिएको छ । कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ,’ सर्वेक्षणमा भनिएको छ, ‘पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्विकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन् ।

अर्थतन्त्रको बाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइएको छ ।’ सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको परिसंघले जनाएको छ । सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ । आर्थिक वर्ष ०७८-७९ को सोही अवधिको तुलनामा ०८०-८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३ प्रतिशतले संकुचन आएको पसिंघले जनाएको छ ।

यसैगरी उद्योगहरूको कारोवार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७।४६ प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष ०७८-७९ को तुलनामा यो कुल ३०.५४ प्रतिशतले खुम्चिएको सर्वेक्षणमा उल्लेख छ ।