Wednesday, July 02, 2025

२०८२ असार १८, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिनियाँ अटोमोबाइल कम्पनी चेरीको 'ओमोडा भविष्यको' लागि गाडी


चिनियाँ अटोमोबाइल कम्पनी चेरीको 'ओमोडा भविष्यको' लागि गाडी

काठमाडौं, चिनियाँ अटोमोबाइल कम्पनी चेरी अटोमोबाइल कम्पनी लिमिटेडको ब्रान्ड ओमोडाले क्रस फ्युचर सञ्चालनमा ल्याएको छ ।
आफूलाई ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर अर्थात् भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी दाबी गर्ने ब्रान्डले उच्च गुणस्तरका कार उत्पादन गरिरहेको बताएको छ।

ओमोडाले अत्याधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनका गाडी बनाइरहेको बताए। ओमोडाले विश्वव्यापी रूपमा युवा पुस्ताको जीवनलाई राम्ररी बुझ्न उनीहरुसँग संलग्न हुँदै आइरहेको समेत बताए। ओमोडाले ओको अर्थ अक्सिजन र मोडाको अर्थ मोडर्न अर्थात् आधुनिकबाट आएको बताएको छ।

युवापन, आत्मनिर्भरता र विश्वव्यापीकरणको बढ्दो प्रवृतिको अध्ययनसँगै, ओमोडाको उद्देश्य, युवा प्रयोगकर्ताहरूका लागि नयाँ डिजाइन र आधुनिक प्रविधि ल्याउँदै भविष्यका लागि स्टाइलिस गाडीहरू प्रदान गर्नु रहेको बताएको छ।