Sunday, June 22, 2025

२०८२ असार ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बा १ झ ११११ नम्बरको पहिलो ‘हाइड्रोजन कार’

‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको प्रधानमन्त्र...


बा १ झ ११११ नम्बरको पहिलो ‘हाइड्रोजन कार’

काठमाडौं । काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । काभ्रेको धुलिखेलस्थित विश्वविद्यालयको २९ औँ दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए । विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले हाइड्रोजनबाट सञ्चालन हुने बा १ झ ११११ नम्बरको कारको समेत उद्घाटन गरे ।