काठमाडौं । सुनको मूल्य प्रति तोला १३ रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो । आज १ लाख २२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन पनि प्रति तोला १३ सय रुपैयाँले नै बढेको महासंघले ।
बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ थियो भने बिहीबार १ लाख २१ ह्जार ४ सय रुपैयाँ पुगेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला १४७५ रुपैयाँ थियो । छापावाला सुन १० ग्रामको मूल्य १ लाख ४ हजार ५९५ रुपैयाँ पुगेको छ । तेजावी सुन १० ग्रामको मूल्य १ लाख ४ हजार ८०रुपैयाँ पुगेको हो । चाँदी १० ग्रामको मूल्य १ हजा २७७ रुपैयाँ रहेको महासंघले जनाएको छ ।