Monday, June 30, 2025

२०८२ असार १६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनचाँदीमा विस्तार गरिएको विलासिता कर र मूल्य अभिवृद्धि कर हटाउन महासंघको आग्रह


सुनचाँदीमा विस्तार गरिएको विलासिता कर र मूल्य अभिवृद्धि कर हटाउन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक वर्ष २०८२—०८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । बजेटमार्फत सुनचाँदीमा विस्तार गरिएको विलासिता कर र मूल्य अभिवृद्धि कर हटाउन ढकालले आग्रह गरे ।


शनिबार भएको भेटमा आव ०८२—८३ को बजेटमा अध्यक्ष ढकालले महासंघले उठाउँदै आएका व्यवस्थाहरु समेटिएकोमा धन्यवाद ज्ञापन गर्दै बजेटका केही प्रावधान र हालै कार्यान्वयनमा आएका नीतिगत व्यवस्थाले उद्यम व्यवसायमा असर देखिएको हुँदा आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्र मैत्री व्यावसायिक वातावरण बनाउन आफ्नो सरकार प्रयत्नशील रहेको र महासंघका सुझावलाई सकारात्मक रुपमा लिएको बताए । महासंघका अध्यक्ष ढकालले आइतबार अर्थमन्त्री विष्णु पौडेललाई भेट गरी आव ०८२—८३ को बजेटमा महासंघका सुझावहरुका बारेमा ध्यानाकर्षण गराए ।

अध्यक्ष ढकालले प्रधानमन्त्रीसमक्ष पेस गरेका सुझावमा हवाई टिकट र हिरा जवाहरातमा लगाइएको मूल्य अभिवृद्धि कर, जलविद्युतमा दिइँदै आइएको सुविधा, सवारी साधनमा लागू भएको युरो ५, ६ को व्यवस्था मेला महोत्सव, एमआरपी, वनस्पतिजन्य वस्तुको आयात निर्यात समेटिएका छन् ।

ढकालले सुनचाँदीमा विस्तार गरिएको विलासिता कर र मूल्य अभिवृद्धि कर हटाउन आग्रह गरे । टिकटमा यसअघिबाटै लाग्दै आएको मुल्य अभिवृद्धि कर र पाँचतारे होटल तथा रिसोर्टहरूमा २ प्रतिशत विलासिता कर नेपाल महँगो पर्यटकीय गन्तव्य बनेकोमा अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । यस व्यवस्थाले अन्य मुलुकबाट टिकट लिने प्रचलन बढेकाले दोहोरो प्रभाव परेको छ ।