Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सहकारी सञ्चालकलाई धरपकट गर्दैमा बचतकर्ताको रकम फिर्ता हुँदैनः मन्त्री मर्हजन [भिडिओ सहित]


सहकारी सञ्चालकलाई धरपकट गर्दैमा बचतकर्ताको रकम फिर्ता हुँदैनः मन्त्री मर्हजन [भिडिओ सहित]

काठमाडौं । वाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सहकारी सञ्चालक विरुद्ध बचतकर्ता जानु भनेकै रकम झन् जोखिममा पार्नु रहेको बताएका छन् । पछिल्लो समय सहकारीमा देखिएको समस्या तथा प्रदेश सरकारको भूमिका विषयमा विजनेस दर्शनले गरेको प्रश्नमा मन्त्री महर्जनले भने, ‘बचतकर्ता हरेक दिन जसो मन्त्रालयमा सहकारी सञ्चालकलाई कारवाहि गर्नुपर्ने माग गर्दै सिफारिसका लागि आउने गरेको भन्दै अहिले सञ्चालकलाई थुनाएर समस्या समाधान हुन्छ ? बरु रकम थप जोखिममा पर्छ ।’

सञ्चालक नै प्रहरी हिरासतमा रहँदा बचतकर्ताको रकम थप जोखिममा पर्ने र त्यसले आर्थिक समस्या बढाउने बताए । ‘कयौं सहकारी सञ्चालक अहिले प्रहरीको हिरासतमा रहेको भन्दै उनले भने, ‘अहिले थुनामा रहेका सहकारी सञ्चालकले कुन बचतकर्ताको रकम फिर्ता गरेको छ र ? अहिलेको परिस्थितिमा सञ्चालक र बचतकर्ताको दूरी बढाउने होइन थप नजिक भएर अहिलेको समस्या समाधानको उपाय खोज्नुपर्छ ।’

मन्त्री महर्जनले सञ्चालकलाई धरपकट गर्ने, प्रहरीमा थुनाउने, सम्पत्ती रोक्का गर्ने जस्ता कार्य नगर्न सेयर सदस्यहरुलाई आग्रह गरे । अहिलेको अवस्थामा सहकारीमा मात्रै नभई बैंकमा पनि समस्या रहेकाले एकै पटक सबै रकम सबैले फिर्ता गर्न नसक्ने उनको भनाई छ । मन्त्री महर्जनले गलत नियत नभएका सहकारीले कहिँ न कहिँ रकम लगानी गरेकाले त्यसको प्रतिफल आउन ढिलाई मात्रै भएको बताए ।

अधिकांश सहकारीको रकम जग्गामा लगानी रहेको छ, तर अहिले जग्गाको भाउ राम्रो छैन, कुनै पनि सहकारी वा संस्थाले घाटा खाएर बेच्न सक्दैन । त्यसैले यस विषयमा सहकारीका बचतकर्ताले विचार गर्नुपर्ने बताए । भोली नै मन्त्रालयले निर्णय गरेर सहकारी सञ्चालकलाई पक्राउ गर्न कुनै समस्या छैन तर त्यसले बचतकर्ताको रकम फिर्ता हुन्छ भन्ने के निश्चित छ ? अहिलेको समस्यालाई बुझौं उनको भनाई थियो । मन्त्री महर्जनले विभागिय प्रमुखको हैसियतले नीति गत व्यवस्था गरेरै भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने अवस्था ल्याउने भन्दै नआत्तिन बचतकर्तालाई आग्रह गरे । उनले विदेशमा रहेका सहकारी सञ्चालकलाई नेपाल ल्याउने गृहकार्यमा सरकार रहेको भन्दै देश छोडेर जाँदैमा उन्मुक्ती नमिल्ने बताए ।