Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै आन्दोलन


नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै आन्दोलन

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त आन्दोलनमा उत्रिएका छन् । अस्पतालले उपचाररत बिरामीको प्रत्यारोपण गरेको मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन । मृतकका आफ्न्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपण गरेको केही दिनमा नै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्जार्च गरेको थियो । केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी अस्पतालमा भर्ना भएका थिए । इलामका ३८ वर्षका सरोज सुब्बाको मिर्गौला बिग्रिएर असोज ६ गते अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । केही दिनपछि अस्पतालले निको भएको भन्दै डिस्चार्ज गरिदिएको थियो ।

घर गएको केही समय पछि उनको प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आएर उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो । कार्तिक २१ गते अस्पतालले मिर्गौलामा इन्फेक्सन भएको भन्दै मिर्गौला निकादिएको थियो । मिर्गौला निकालेको भोलि पल्ट नै बिरामीको मृत्यु भयो ।