Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हेटौँडा कपडा उद्योग पुनःसञ्चाल हुने


हेटौँडा कपडा उद्योग पुनःसञ्चाल हुने

काठमाडौं । हेटौँडा औद्योगिक क्षेत्रस्थित कपडा उद्योग लिमिटेड सञ्चालनमा ल्याउने नेपाली सेनाले चासो देखाएको छ । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको सो कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने नेपाली सेनाले  चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाए । चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योगभित्रको आन्तरिक समस्यासँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि तत्कालीन सरकार २०५७ फागुन १ गतेबाट उद्योग बन्द गर्ने निर्णयमा पुगेको थियो ।

  बन्द भएको सुती कपडा उत्पादन गर्ने उद्योग पटक पटक खारेजीसँगै पुनः सञ्चालनको निर्णयसहित सरकारको प्राथमिकता पर्दै आए पनि सरकारको प्रयास असफल हुँदै आएको छ । तर, पछिल्लो समय सेनाले उद्योग सञ्चालनका बारेमा सम्भाव्यता अध्ययन गरिरहेको छ । गत साता मात्र सेनाका उपरथी भोलानाथ बुढाथोकी सहितको टोलीले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक र उद्योगका तत्कालीन कर्मचारीसँग उद्योगको अवस्था, भौतिक संरचना, यथास्थितिमा सञ्चालन हुन सक्ने नसक्नेबारेमा जानकारी लिएको छ ।

२०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालमा निर्माण सम्पन्न भएपछि हस्तान्तरणपछि व्यावसायिक उत्पादन थालेको थियो । बोनस बाँड्ने अवस्थामा पुगेको उद्योग उत्पादन सुरु गरेको २२ वर्षपछि बन्द भयो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आठ करोड रुपैयाँभन्दा बढी विनियोजन भएकामा मर्मतका लागि केही बजेट खर्च भए पनि सञ्चालनमा आउन सकेन ।

मर्मत गरेको उद्योग सञ्चालन नगरेर खारेज गरियो । त्यसपछि पनि खारेजीको निर्णय उल्ट्याएर सरकारको नीति तथा कार्यक्रमसँगै बजेटमा पर्दै आए पनि उद्योग सञ्चालन होइन, अझ दुरवस्थामा पुगेको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडी चालु आर्थिक वर्षको बजेटमा समेत कपडा उद्योग सञ्चालन प्राथमिकतामा परेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यव्रmममा पनि उद्योग सञ्चालन गर्ने उल्लेख भएको जानकारी दिनुभयो ।

सरकारले सञ्चालन गर्ने भनेको कपडा उद्योग चलाउनेबारेमा सेनाको टोलीले पछिल्लो समय पटक पटक निरीक्षणसहित अध्ययन गरिरहेको क्षेत्र व्यवस्थापक बिनाडीले बताएका छन् । गत शुक्रबार आएको सेनाको टोलीलाई उद्योगका तत्कालीन रङ्गाइ छपाइ विभागका अच्युतानन्द शुक्लले उद्योगको अवस्थाका बारेमा विस्तृत रूपमा बताए छ ।

उद्योगका पूर्वकर्मचारी शुक्लले उद्योग मर्मतसम्भार गरेर उद्योग सञ्चालनमा ल्याउँदा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले यथास्थितिमा सञ्चालन नगरी उपकरण पूरै प्रतिस्पाथपन गर्न सेनाको टोलीलाई सुझाएको गोरखापत्रलाई बताएका छन् । चीनले समेत भारतसँग धागो खरिद गर्ने गरेको अवस्था रहेकाले हेटौँडामा धागो उत्पादनमा भन्दा बुटवल धागो कारखानालाई समेत जोडेर कपडा बुन्दा उपयुक्त हुने बताए ।

पछिल्लो छलफलपछि उद्योग यथास्थितिमा चल्ने वा नचल्ने वा पुनर्संरचना गर्नेबारेमा सेनाका प्राविधिकबाट थप अध्ययन गरेर निर्णयमा पुग्ने गरी टोली फर्किएको छ । सेनाले थप अध्ययनपछि कुन मोडलमा कसरी सञ्चालनमा ल्याउने भनेर निर्णय गर्ने बताएको छ ।