Sunday, October 12, 2025

२०८२ आश्विन २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

३० रुपैयाँको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि गरेको भन्दै याक एण्ड यती होटललाई ३ लाख जरिवाना


३० रुपैयाँको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि गरेको भन्दै याक एण्ड यती होटललाई ३ लाख जरिवाना

काठमाडौं । दरबारमार्गस्थित याक एण्ड यती होटलले ३० रुपैयाँको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि वितरण गरेको भन्दै ३ लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बजार अनुगमनका क्रममा ३५ रुपैयाँमा खरिद गरेको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि गरेको, रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको भन्दै ३ लाख जरिवाना गरेको हो । उक्त होटलले म्याद गुज्रिएको सामान समेत विक्री गरेको भेटिएको छ ।

विभागको टोलीले आइतबार मुल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै काठमाडौं महानगरपालिका २७ मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई ७५ हजार जरिवाना गराएको छ, भने खरिद विउ बिजक नराखेको भन्दै ललितपुरको हात्तिवनमा सञ्चालित खरिबोट मिनी स्टोर, भक्तपुरमा रहेको माखा किराना स्टोर, काठमाडौं महानगरपालिका २४ मा सञ्चालित न्यू सिर्जना टेलरलाई २०–२० हजारका दरले जरिवाना गरेको छ । यस्तै काठमाडौंकै ताहाचलमा रहेको कन्हैया स्टोरले पनि खरिद बिल बिजक नराखेको भन्दै ५ हजार जरिवाना गराएको छ ।