काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्यमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हाल प्रतितोला १ लाख ५२ हजार रुपैयाँ छ ।
अघिल्लो दिन सुन प्रतितोला १५०० रुपैयाँ घटेको थियो । सुनको मूल्य नेपाली बजारमा गत कात्तिक १५ गते हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य पनि स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।