Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा


पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

मङ्गलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकिएको हो ।

प्रजिअ पण्डितले जारी गर्नुभएको आदेशमा भनिएको छ, ‘‘मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’’

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर–नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो ।