Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कृषि क्षेत्रमा युवा उदासिनता चिन्ताको विषयःमन्त्री न्यौपाने


कृषि क्षेत्रमा युवा उदासिनता चिन्ताको विषयःमन्त्री न्यौपाने

काठमाडौं । कृषि क्षेत्रमा युवा उदासिन हुनु चिन्ताको विषय भएको मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले बताएका छन् ।

राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र काठमाडौंको आयोजना तथा कृषि अनुसन्धान निर्देशनालय परवानीपुर तथा कृषि औजार अनुसन्धान केन्द्र परवानीपुरको सहकार्यमा मंगलबार आयोजित तराई क्षेत्रमा युवा उद्यमी किसान र बेरोजगार युवाका लागि राष्ट्रियस्तरको आवासीय कृषि यान्त्रिकरण तालिम उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री न्यौपानेले यस्तो धारणा राखेका हुन् ।

‘कृषि क्षेत्रमा युवा जनशक्ति उदासिन हुनु चिन्ताको विषय हो,’ उनले भने, ‘कृषिलाई प्राथमिकतामा राख्दै शिक्षा प्रणालीमा सुधारको आवश्यकता छ ।’