Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कीर्तिपुरका सहकारीमा पनि चरम आर्थिक तरलता, सहकारी सञ्चालक भन्छन्, हामी भागेर जादैनौं !


कीर्तिपुरका सहकारीमा पनि चरम आर्थिक तरलता, सहकारी सञ्चालक भन्छन्, हामी भागेर जादैनौं !

-निरशोभा बलामी
काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरुमा आर्थिक संकट चुलिदै गएको छ । यस्तो अबस्थामा कतिपय संस्थाहरुका सञ्चालक भागिसकेका छन्, भने कति संस्थाहरुका मालिक अहिले प्रहरी हिरासतमा रहेका छन् । यहि सेरोफेरोमा विजनेस दर्शन मिडिया हाउस प्रा.लिले सहकारीको वर्तमान अबस्थाका विषयमा नीतिगत खबरदारी कार्यक्रमको आयोजना गरेको थियो । कीर्तिपुर नगरपालिकाभित्र करिब ८४ सहकारी संस्थाहरु छन् । अहिलेसम्म कुनै सहकारीहरु बचत कर्ताको रकम फिर्ता गर्न नसकेर भागेको अबस्था छैन । तर, पछिल्लो समय सहकारीमा पनि तरलताको अभाव कसरी आयो भन्ने बारेमा बहश गरेका थियौं ।

जसमा कीर्तिपुर नगरपालिका सहकारी विभागका प्रमुख, सहकारी संस्थाका प्रतिनिधि र सहकारी बचाउ अभियानका अभियन्तासंग छलफल गरेका छौं । त्यसको सम्पादित अशंः काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष तथा सहकारी बैंक सञ्चालक मनोज थापाले अहिले सबै भन्दा ठुलो समस्या भनेको सहकारीमा आवद्ध शेयर सदस्यहरु र सञ्चालकबीचको सहकार्य आवश्यक रहेको बताएका छन् ।

हामीले अहिले दुबै पक्षलाई सन्तुलमा मिलाएर अघि बढ्नु पर्ने छ । खासमा अहिले सबै भन्दा ठुलो समस्या सहकारीमा परेको छ उनल भने, यसलाई सम्बन्धीत निकायले गम्भीरता साथ लिन सकेन भने देशमा ठुलो आर्थिक संकट निम्तिन सक्छ । पहिला सिमित सहकारीको बदमासीका कारण सहकारीको विश्वासमा केही जनमानसमा कमी आएको हो । जसको कारणले शहरी क्षेत्रमा सहकारीहरु भाग्ने समस्या देखिएको छ ।

तर गाउँ घरमै सञ्चालित सहकारीले त राम्रै काम गरिरहेका छन् भने अझै जनताको विश्वास जित्दै गएका छन् । तर शहरी क्षेत्रमा सञ्चालित सहकारीहरुको बारेमा भन्दा मैले अघि नै भने कि, केही सहकारीको कारणले ग्राहकमा विश्वास नभएको हो । जसको परिणाम स्वरुप ग्राहकले जम्मा गरेको रकम धमाधम निकाल्नु भनेकै सहकारप्रतिको विश्वासमा कमी आएको हो भन्न सकिने ठाउँ रहेको छ ।

त्यसैले पनि सहकरी क्षेत्रको यी केही सामान्य समस्याको कारण सहकारी क्षेत्र नै बदनाम मात्रै होईन । देशकै आर्थिक अवस्थामा नकरात्मक स्थिति सृजना भएको उनले बताए । ग्राहकको पैसा लिएर भान्ने सहकारीलाई कानुन निर्माण गरी कारबाही गर्नुको साथै, सहकारी सञ्चालक तथा ग्राहकको बचतलाई सुनिश्चित गर्न राज्यको वित्तिय व्यवस्था हेर्ने निकायले ध्यान दिन जरुरी छ । साथै, देशको अर्थतन्त्र हेर्ने हो भने अघिल्लो असोज महिना तिरै १९ महिनामा वाणिज्य बैंकहरुले लघुवित्त कम्पनीहरुलाई ऋण लगानी रोकेको थियो ।

यो कुरा सबैलाई थाहा नै छ । यो ऋण लगानी रोक्नुको कारण आर्थिक संकट नै प्रमुख कारण हो । लगानी नहुनु भनेको नै तरलता संकट हो । नेपालको अर्थतन्त्रमा १९ महिना अघि नै समस्या देखिसकेको थियो । त्यसैले बैंक हुदै यो समस्या सहकारीहरुमा, सहकारी पछि गाउँमा आएको देखिन्छ ।

आजको यो समस्याले गर्दा बैंक वित्तीय क्षेत्र हुदै विभिन्न संस्थाहरुमा देखिएको हो । त्यसै कारणले ऋण तिर्न नसकेको कारण ऋणी आन्दोलनमा आएका छन् । बचत फिर्ता हुनुपर्ने अर्काे आन्दोलन भएकाले सहकारीहरुको लागि तरलताको समस्या हो । यसको साथै अर्थतन्त्रको समस्या भएको कारणले सहकारीहरुको मात्र समस्या होइन । अहिले विश्वको अर्थमा नै संकट छ ।

त्यस्तै, कीर्तिपुर नगरपालिका सहकारी विभागका प्रमुख सुचिन्द्र महर्जनले २०७२ सालको नयाँ संविधान भए पछि कीर्तिपुर नगरपालिका सहीत देशभरिका सबै स्थानीय तहलाई आफ्नो नियमनको दायरा भित्र रहेका सहकारीहरुलाई दर्ता गर्ने नियमन गर्ने र सहकारीहरुको क्षमता अभिवृद्धि गर्ने लगाएका सबै जिम्मेवारी स्थानीय तहहरुमा आएको बताए । उनले कीर्तिपुर नगरपालिमा पनि संवैधानिक अधिकार र सहकारी ऐनले दिएको दायरा भित्र रहेर र नगरपालिकाले आफ्नो कामहरु गरि रहेकोको तर पनि अन्तराष्ट्रिय समस्या र राष्ट्रिय स्तरमा आएको जुन एउटा संकट छ, त्यो संकटका कारणले पनि सहकारीमा संकट परेको उनको भनाई छ ।

त्यसमा कार्यालय नै बन्द गर्नुपर्ने र भाग्नुपर्ने अवस्था कीर्तिपुरमा अहिले सम्म छैन तर कारोबारमा भने बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुमा प्रभाव परेको देखिन्छ । यो समस्या पर्नुको मुख्य कारण राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितीका कारणले कारोबार गरिरहेका सस्थाका सदस्यहरुमा नकारात्मक र सकरात्मक असर गएको छ । बचत संकलनको स्थिति घट्दै गएको छ । बचत फिर्ताको दर बढ्दै गएको छ ।

ऋण उठाउने र उठ्ने कर्म पहिलाको जुन एउटा परम्परा थियो । आर्थिक संकटले एकै पटक संस्थाको निक्षेपहरुलाई सहकारीका सदस्यहरुको बचतको ब्याज दिनुपर्ने कारणले गर्दा सबै संस्थाहरुले निश्चित तरलता राखेको छ, तर अरु पैसा लगानी गरेको हुन्छ उनले भने, उनको भनाई अनुसार अहिले कीर्तिपुरमा रहेका ८४ सहकारीमा समस्या छ । त्यसको समाधानकालागि तत्काल एक जुट हुन उनको आग्रह थियो ।

कीर्तिपुरको पुरानो प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पञ्चलाल महर्जन ले अहिलेको आर्थिक तरलताकाबीचमा गम्भीर भएर अघि बढ्नुपर्ने समय आएको बताए । उनले पछिल्लो समयमा देशकै सहकारीको कुरा गर्ने हो भने, सहकारी संस्थाहरु प्रभावकारी नभएको बताए । कीर्तिपुरका सबै सहकारीहरु पनि हालको आर्थिक संकटबाट मुक्त भने छैनन् । जहाँ सम्म म सञ्चालक अध्यक्ष रहेको प्रगति सहकारी संस्था लिमिटेडको कुरा गर्ने हो भने, यो सहकारी काठमाडौंकै दक्षिण पश्चिम भेगमा सञ्चालन भएको सबैभन्दा पुरानो र पहिलो सहकारी संस्था हो ।

प्रगतिशिल सहकारी संस्थामा हाल सम्म कुनै पनि समस्या आएको छैन । हुन त भोलीको दिनमा यस्तो समस्या नआउँला भन्न सकिदैन तर पनि आजको दिनसम्म आउँदा हाम्रो सहकारीमा तरलताको अभाव वा सञ्चित रकममा कमीको साथै, हालको समयमा पनि ग्राहकलाई कुनै प्रकारको समस्या भएकोले फर्काउनु पर्ने स्थिति आएको छैन उनले भने ।

जहाँ सम्म देश भरीका सहकारीहरुमा जुन प्रकारको समस्या देखिएको छ । सहकारीहरुले बचतकर्ताको बचत नै फिर्ता गर्न नसकेकले कतिपय सहकारी नै बन्द गर्नुपर्ने अवस्था छ । साथै, सहकारी सञ्चालकले ग्राहकलाई गर्ने व्यवहारको कारणले पनि ग्राहक वाक्क दिक्क भएर सहकारीमा राखेको पैसा निकाल्न बाध्य भएका हुन् । त्यस्तै, बढी हल्लाको कारणले पनि हालको स्थिति आएको हो । तपाई आफै हेर्नु न यो समस्या सहकारीमा मात्रै हो त ? होइन नी ग्राहकले राखेको पैसा निकालेको समस्या त वाणिज्य बैंकहरुमा पनि छ नि ।

अब सहकारी सञ्चालक भागे भन्ने कुरा जहाँ सम्म छ त्यो भनेको, सहकारीले पनि कसैलाई लगानी लगाएको हुन्छ । सहकारीमा आउँने पैसा ग्राहककै लगानी हो नी, अनि त्यो लगानी गरेको पैसा नउठ्दा र ग्राहकले माग्दा समस्या आउँछ नि, हो त्यही समस्या आएको हो सहकारीमा सहकारी सञ्चालकले खाएर भागेको नभई लगानी गरेको पैसा नआउँदा र एक्कै पटक ग्राहकले जम्मा गरेको पैसा माग्दा चाही सहकारी सञ्चालकहरुमा भाग्नुपर्ने बाध्यात्मक स्थिति आएको हुन सक्ने उनको तर्क छ ।

शुभसेवा सहकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ढुर्कमान महर्जनले अहिले आफ्नो सहकारीमा पनि सहज नभएको बताएका छन् । उनले भनेः हाम्रोमा पनि यस समस्या छन् । ग्राहकलाई बुझाउँन सकियो भने समस्या आउँदैन त्यसैले हामीले आफ्ना ग्राहकलाई आजको दिन सम्म समस्याको बारेमा बुझाउँदै आएका छौं उनले भने । साथै, हाम्रो सहकारीको नियम, मूल्य, मान्यतामै रहेर काम गरेको कारणले पनि ग्राहक महानुभावहरुले हाम्रो सहकारी प्रति कुनै प्रकारको शंका उत्पन्न गर्नुभएको छैन ।

अब मानौं भोलीको दिनमा समस्या नै आयो रे, अब भागेर हुन्छ त ? हुदैन नि त्यहीमाथी भागेर कहाँ जाने । त्यसैले समस्याबाट भाग्ने होईन, समाधानको उपाय खोज्नु हालको सहकारीकर्मीहरुको मुख्य उद्धेश्य हुनुपर्छ । उनको भनाई थियो । कार्यक्रममा सहभागिहरुले अहिलेको तत्कालको अबस्थालाई समाधान गर्न राज्य गम्भीर हुनुपर्ने र सहकारीले आफ्नो भएको लगानीका विषयमा प्रष्ट पार्नुपर्ने माग गरेका थिए ।