काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।