Monday, August 18, 2025

२०८२ भाद्र २, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा


नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौ । कास्की जिल्लाअन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाएर चोरी निकासी गर्ने विभिन्न ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंगलबार अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ओसार–पसार गर्ने, भ्याट बिल र अन्य कागजपत्र नभएका, फर्जी बिल बनाएका विभिन्न ५६ वटा सवारी साधन ट्रक, टिपर, ट्याक्टर नियन्त्रणमा लिएको हो।

पोखराको कोत्रे, बैदाम र बगर गरी फरक फरक तीन ठाउँबाट समाती नियन्त्रणमा लिइएका उक्त सवारी साधनलाई आवश्यक कारवाहीका लागि पोखरा महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय न्युरोडमा पठाइएको थियो।