काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताए । उनले सस्तो लोकप्रियता हासिल गर्नभन्दा पनि दुई चार वर्षपछि यसको सकारात्मक परिणाम आउने गरी काम भइरहेको. बताए ।
कांग्रेस बागमती प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं– ६ (ख) ले शनिबार आयोजना गरेको बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका सन्दर्भमा आयोजित एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बताए ।
बीपी कोइरालाको नेतृत्वमा नेपाल आधुनिक युगमा प्रवेश गरेको चर्चा गर्दै मन्त्री महतले अहिले सामाजिक सञ्जालमा अनेक थरी विषय आउन थालेकाले त्यसलाई आधार मानेर आफ्नो दृष्टिकोण नबनाउन र सत्य के हो भन्ने गहिराइमा पुगेर मात्रै धारणा तय गर्न सुझाव दिए ।