Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिसोका कारण दुई जना भूकम्पपीडितको मृत्यु


चिसोका कारण दुई जना भूकम्पपीडितको मृत्यु

चिसोका कारण दुई जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर क्षतिग्रस्त गरेपछि त्रिपालमुनी बस्दैआएको छेडागाड नगरपालिका –१३ की ५६ बर्षीया मनसरी कामी जुनीचाँदे गाँउपालिका –४ लुहादहकी ८९ बर्षीया सुगिली नेपालीको मृत्यु भएको हो ।

त्रिपालमुनीको बसाइ चिसो, शित र जाडो छल्ने कपडा नहुँदा दीर्घ रोगीको मृत्यु भएको हो । छेडागाड नगरपालिका –१३ की मनसरी कामी दमको दीर्घरोगी थिइन , त्रिपालमुनीको बसाइ चिसोले दम बढेपछि उहाँको मृत्यु भएको स्थानीय हेमन्त केसीले बताए ।

त्रिपालमुनीको वसाइ बालबालिका सुत्केरी, दीर्घरोगी र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । त्रिपालभित्र राहत पाएको एकसरो कपडाले चिसो नछल्ने भएपछि भूकम्प प्रभावित क्षेत्रमा बिभिन्न स्वास्थ्य समस्य देखिन थालेको छ ।

एक साताअघि भेरी, नलगाड, बारेकोट गाउँपालिकामा पाँच जना दीर्घरोगीको मृत्यु भएको छ । एक हप्ताभित्र चिसोले सात जना भूकम्पपीडित दीर्घरोगी ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ ।