Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतले रोक्दै गरेको धान–चामलको आयात बढ्यो


भारतले रोक्दै गरेको धान–चामलको आयात बढ्यो

काठमाडौं । भारतले रोक्दै गरेको धान–चामलको आयातमा वृद्धि भएको छ । साउन महिनामा मात्रै चार अर्ब २६ करोड रूपैयाँ बराबरको नौ करोड ५४ लाख किलो धान–चामल आयात भएको छ।

गत वर्ष साउनमा भने तीन करोड १५ लाख किलो धान–चामल एक अर्ब ६७ करोड रूपैयाँमा आयात भएको थियो। भारतले साउनदेखि नै चामल निर्यातमा रोक लगाएको हो। तर धान कुटेर चामल प्रशोधनका लागि यसको आयात बढेको छ। त्यस्तै, भारतले रोक नलगाएको बासमती चामल र नफलेको चामलको आयात बढेको हो।

भारत सरकारले नेपालका लागि ६ लाख मेट्रिकटन धानको कोटा तोकेको छ। यो साउनमै सबै कोटाको धान आयात भइसकेको छ। त्यसैले अब कूटनीतिक प्रयासबाट थप धान आयात गर्नुपर्ने खाद्य उद्योगीको भनाई छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धान र चामल आयातका लागि भारतसँग कूटनीतिक पत्र लेखिसकेको छ।
यसैगरी,धन, चामलसँगै गहुँको आयात पनि बढेको छ । गत वर्ष साउनमा एक किलो पनि गहुँ आयात भएको थिएन। भारतले गहुँ निर्यातमा कडाइ र भन्सार वृद्धि गरेकाले नेपाली उद्योगहरू समस्यामा परेका थिए। यस वर्ष भने एकै महिनामै एक अर्ब ५८ करोड ७६ लाख रूपैयाँको तीन करोड ९७ लाख किलो गहुँ आयात भएको छ। व्यवसायीहरूका अनुसार अहिले गहुँ आयातमा कुनै समस्या भएको छैन।
त्यस्तै, मकै र जौको आयात घटेको छ भने कोदो र फापरको बढेको छ। गत वर्ष साउनमा एक अर्ब ११ करोड रूपैयाँको मकै आयात भएको थियो। अहिले एक अर्ब ४ करोड रूपैयाँको भएको छ।