Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

न्युरोड क्षेत्रका व्यवसायी दोस्रोदिन पनि आन्दोलनमा


न्युरोड क्षेत्रका व्यवसायी दोस्रोदिन पनि आन्दोलनमा

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीले बुधबार पनि आन्दोलन गरेका छन् । मंगलबारदेखि महानगरले न्युरोडका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो । त्यसले व्यवसायमा असर पर्ने भन्दै महानगरविरुद्ध मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए ।

आर्थिक मन्दीका बेला व्यवसायीलाई मार पर्ने गरी ‘नो पार्किङ’ गरेको भन्दै व्यवसायीले सटर बन्द गरेर आन्दोलन गरे पनि महानगर प्रहरीले सडकमा रोकेका सवारी साधन उठाएको थियो । महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ ।

महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका सडकमा सवारी साधन अब पार्किङ गर्न पाइने    छैन । महानगरपालिकाले न्युरोडमा रहेको व्यावसायिक मलबाहेक पुरानो बसपार्कमा रहेको काठमाडौं टावरमा निःशुल्क पार्किङको विकल्प दिएको छ ।


महानगरपालिकाले केही समयपछि सुन्धाराको धरहरास्थित तीनतले भूमिगत पार्किङ र काठमाडौं मलको भुइँतलामा पार्किङ खोल्ने भन्दै बानी नपरुन्जेल विरोध हुने दाबी गर्दै आएको छ । महानगरले यसअघि दरबारमार्गमा पनि पार्किङ निषेध गरिसकेको छ ।