काठमाडौं, भदौ २२। बिवाइडीले स्पोट द डल्फिन अन द रोड अभियान घोषणा गरेको छ। नेपालमा बिवाइडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले डल्फिन अन द रोड क्याम्पेन घोषणा गरेको हो।
क्याम्पेन सेप्टेम्बर ६ देखि ११ सम्म चल्नेछ। बिवाइडी डल्फिन सेप्टेम्बर १२ मा नाडा अटो सो २०२३ मा लन्च हुने कम्पनीको भनाइ छ। अभियानअन्तर्गत सडकमा बिवाइडी डल्फिन भेटाएर भिडियो बनाउने र फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रुपमा पोस्ट गर्नेले १ लाख रुपैयाँ जित्ने मौका पाउने।
डल्फिन कहाँ र कसरी भेट्ने जानकारीका लागि बिवाइडीको आधिकारिक पेज हेर्नुपर्नेछ। खिचिएको भिडियोलाई फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक गरी बिवाइडी नेपालको आधिकारिक पेजमा ट्याग गर्नुपर्नेछ। भाग्यशाली तीन विजेतालाई १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न चयन गरिने कम्पनीले बताएको छ। त्यसबाहेक प्रत्येक सहभागीले नाडा अटो सो को टिकट निःशुल्क पाउने।