Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई तत्काल गोएएमएलमा जान निर्देशन


१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई तत्काल गोएएमएलमा जान निर्देशन

काठमाडौं । सहकारी विभागले १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाहरुलाई तत्काल गोएमएलमा जान निर्देशन दिएको छ ।

सहभागी विभागले सोमबार एक परिपत्र जारी गर्दै १० करोड रुपैयाँ बढीको कारोबार गर्ने सहकारी संस्थाहरुलाई तत्काल गोएएमएलमा दर्ता हुन निर्देशन दिएको हो ।

१० करोड रुपैयाँभन्दा बढी रकमको कारोबार गरेका (बचत वा पुँजी भएका) बचत तथा ऋणको कार्य गर्ने सहकारी संघ–संस्थालाई नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू)मा रहेको गोएएमएल सिस्टमको टेस्ट इन्भारोमेन्ट तथा प्रोडक्सन इन्भारोमेन्ट मा रजिस्टर्ड भई वेब/एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन र शंकास्पद गतिविधि प्रतिवेदनका विवरणहरु प्रणालीमार्फत प्रेषित गर्न विभागले निर्देशन दिएको छ ।

सहकारी संस्थाहरुलाई लक्षित गरेर सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०७४ कार्यान्वयनमा छ । निर्देशनको दफा १९ र १० मा सीमा कारोबार प्रतिवेदन र शंकास्पद कारोबार प्रतिवेदन तोकिएको ढाँचामा राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने हुन्छ । त्यसरी प्रतिवेदन पठाउँदा १० करोड रुपैयाँभन्दा बढी रकम बचत वा पुँजी भएका बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाले गोएएमएल सिस्टममार्फत पठाउनुपर्ने प्रावधान छ ।

उक्त प्रावधान कार्यान्वयन गर्न पटक–पटक सचेत गराउँदासमेत सहकारी संस्थाहरुले अटेर गरेपछि विभागले पुनः निर्देशन जारी गरेको छ ।