Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा लन्च


टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा लन्च

काठमाडौं, भदौ २८। टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रिमियम इलेक्ट्रिक स्कुटर – टिभिएस आईक्युब लन्च गरेको छ। जगदम्बा मोटर्सले नाडा अटो शो २०२३ को पहिलो दिन प्रिमियम इलेक्ट्रिक स्कुटर लन्च गरेको हो।टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दै बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको कम्पनीले बताएको छ।

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण उपलब्ध रहेको छ ।५ आकर्षक कलर भेरियन्टमा रहेको स्कुटरमा सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन, सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु रहेका छन् ।

त्यस्तै, ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज, यु.एस.बि चार्जिङ, शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटर, ७८ कि.मि प्रतिघण्टा को टप स्पीड, मात्र ४.२ सेकेन्डमा ०–४० कि।मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । भने, सिंगल चार्जमा १ सय किलोमिटरको रेन्ज, ४.५ घन्टामा ०–८० प्रतिशत सम्म चार्जिङ टाइम, ६५० वाटको पोर्टेबल क्यारी चार्जरका बजारमा सञ्चालनमा रहेको छ ।